News Summary
Generated by OK AI. Editorially reviewed.- अविरल वर्षापछि तिनाउ गाउँपालिका-३ को तल्लो सिद्धबाबा मन्दिर नजिकै ढुंगासहित पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।
- तिनाउ गाउँपालिका-५ को चरचरे र जोरधाराबीच पनि पहिरो खसेर सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ।
- प्रहरीका अनुसार पाल्पाका ग्रामीण सडक सञ्जालहरूमा समेत पहिरोले क्षति पुर्याएको छ।
९ असोज, पाल्पा । अविरल वर्षापछि पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तल्लो सिद्धबाबा मन्दिर नजिकै सडकमा माथिबाट ढुंगासहित पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा बन्द भएको हो।
त्यसैगरी सिद्धार्थ राजमार्गकै तिनाउ गाउँपालिका-५ स्थित चरचरे र जोरधाराको बीचमा पनि वर्षाका कारण माथिबाट पहिरो खसेर बाटो अवरुद्ध भएको छ।
प्रहरीका अनुसार पाल्पाका ग्रामीण सडक सञ्जालहरूमा समेत पहिरोले क्षति पुर्याएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4