+
+
Shares

पहिरो पन्छाएसँगै खुल्यो सिद्धार्थ राजमार्ग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १०:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाल्पाको तानसेन–बुटवल सडकखण्डमा तिनाउ गाउँपालिका–३, सिद्धबाबा सुरुङमार्ग नजिकै बुधबार बिहान साढे सात बजे खसेको सुक्खा पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको छ।
  • पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको थियो र बिहानैदेखि निरन्तर पहिरो खसिरहेकाले पन्छाउन समस्या भएको थियो।
  • सुरुङमार्ग आयोजनाका इन्जिनियर दिलिप भट्टराईले अहिले राजमार्गमा गाडी गुड्न थालेको जानकारी दिए।

३ भदौ, पाल्पा । सुक्खा पहिरो खसेपछि अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन बुटवल सडक खण्ड सञ्चालनमा आएको छ ।

तिनाउ गाउँपालिका–३, सिद्धबाबा सुरुङमार्ग नजिकै बुधबार बिहान साढे सात बजेतिर पहिरो खस्दा राजमार्ग पूर्णरूपमा सडक अवरुद्ध बनेको थियो ।

पहिरो पन्छाएसँगै अहिले राजमार्गमा गाडी गुड्न थालेको सुरुङमार्ग आयोजनाका इन्जिनियर दिलिप भट्टराईले जानकारी दिए ।

बिहानैदेखि निरन्तर सुक्खा पहिरो खसेपछि पहिरो पन्छाउन समस्या हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?