+
+
Shares

लेनदेन मुद्दाकी फरार प्रतिवादी पक्राउ

लेनदेन मुद्दामा काठमाडौं जिल्ला अदालतले १९ माघ २०७७ मा २ वर्ष कैद र २५ लाख ६७ हजार ७०७ बिगो तिराउने फैसला गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १३:४९

१८ असोज, काठमाडौं । लेनदेन मुद्दाकी फरार प्रतिवादी पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका–८ घर भएकी ५० वर्षीया रत्नशोभा बज्राचार्य छिन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ताहचलबाट पक्राउ गरेको हो । लेनदेन मुद्दामा काठमाडौं जिल्ला अदालतले १९ माघ २०७७ मा २ वर्ष कैद र २५ लाख ६७ हजार ७०७ बिगो तिराउने फैसला गरेको थियो ।

पक्राउ परेकी उनलाई काभ्रे जिल्ला अदालतमार्फत कारागार चलान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?