हाम्रो बाथरूममा रहेको वासबेसिन धेरे फोहोर हुने मध्येको एक वस्तु हो । पानी, टुथपेस्ट, साबुन तथा हामीले सरसफाइ गर्दा लागेका विभिन्न फोहोर दागहरू यसमा जम्मा हुन्छन् । यदि तपाईंको वासबेसिन सेतो हुनुको सट्टा पहेँलो वा दाग लागेको छ भने चिन्ता लिनुपर्दैन ।
यसलाई सफा गर्नका लागि विशेष प्रकारको कुनै केमिकल वा पाउडर किनिरहनुपर्दैन । घरमै सहज उपलब्ध हुने सामग्री प्रयोग गरेर सफा गर्दा बेसिन चम्किन्छ।
१. बेकिङ सोडा र कागतीको रस
कागतीको रसमा पाइने साइट्रिक एसिडले फोहोर र खनिज पदार्थका कारण लागेका दागहरूलाई खुकुलो बनाउँछ, जबकि बेकिङ सोडाले सफाइ प्रक्रियामा मद्दत गर्छ । यी दुईलाई मिसाएर पेस्ट बनाउनुहोस्, वासबेसिनमा लगाउनुहोस् र ब्रसले रगड्नुहोस्, बेसिन सफा हुन्छ ।
२.कागतीको रस र नुन
भान्सामा सजिलै पाइने यी दुई सामग्री महँगा व्यावसायिक क्लिनरहरू भन्दा पनि उत्कृष्ट हुन्छन् । नुन र कागतीको रस मिसाएर पेस्ट बनाउनुहोस्, दाग लागेको ठाउँमा लगाउनुहोस् र ब्रसले रगड्नुहोस् । त्यसपछि पानीले पखाल्नुहोस् ।
३.सेतो भिनेगर
वासबेसिन सफा गर्न सेतो भिनेगर पनि निकै प्रभावकारी हुन्छ । यसलाई बेसिनमा छर्किनुहोस्, केही बेर छोड्नुहोस् र त्यसपछि पानीले पखाल्नुहोस्। यसले बेसिनलाई सफा र चम्किलो बनाउँछ।
४.भाँडा माझ्ने साबुन
वासबेसिनको दैनिक सरसफाइका लागि तपाईं भाँडा माझ्ने साबुन प्रयोग गर्न सक्नुहुन्छ । तातो पानीमा यो साबुन मिसाउनुहोस् र उक्त घोललाई पूरै बेसिनमा खन्याउनुहोस् । त्यसपछि, सामान्य ब्रस वा स्पन्ज प्रयोग गरेर रगड्दै सफा गर्नुहोस् ।
पानीका दागहरू कसरी हटाउने ?
कुतै कतैको पानीमै पनि समस्या हुन सक्छ । धेरै खनिजयुक्त पानीका दागहरू जम्मा भएका छन् भने, तिनमाथि बेकिङ सोडा छर्किनुहोस्, केही बेर छोड्नुहोस् र त्यसपछि पानीले पखाल्नुहो स्। यसले बेसिन सफा गर्नुका साथै नराम्रो गन्ध पनि हटाउँछ । ्
बेसिनको पाइप कसरी सफा गर्ने ?
हप्तामा एक पटक, तातो पानीमा बेकिङ सोडा र भिनेगर मिसाउनुहोस् र उक्त घोललाई बेसिनको निकासमा खन्याउनुहोस् । यसले पाइपलाई भित्रैबाट सफा गर्छ, फोहोर जम्मा हुन दिँदैन, कीराहरू मार्छ र नराम्रो गन्ध हटाउँछ ।
प्रतिक्रिया 4