+
+
Shares

संघीयता सुदृढ गर्न अझ धेरै मेहेनत आवश्यक छ : कर्णालीका मुख्यमन्त्री शाही

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १०:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयतालाई सुदृढ गर्न अझ धेरै मेहेनत गर्नुपर्ने अवस्था आएको बताएका छन्।
  • विराटनगरको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनले भ्रमहरू तथ्यगत रूपमा खण्डन गर्न उच्चस्तरको सहकार्य र निरन्तर मेहनत आवश्यक रहेको बताए।
  • उनले प्रदेश सरकार, प्रदेशसभा र प्रदेशहरूबीच आपसी सम्बन्ध र अनुभव आदानप्रदानलाई मजबुत बनाउने दायित्व रहेको उल्लेख गरे।

२७ असोज, विराटनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयतालाई सुदृढ गर्ने प्रक्रियामा अझ धेरै मेहेनत गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

मंगलबार विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्दै उनले देशमा विभिन्न खालका भ्रमहरू सिर्जना भइरहेको हुनाले संघीयतालाई सुदृढ गर्ने प्रक्रियामा मेहेनत गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।

संघीयता कार्यान्वयन र अभ्यासको झण्डै १० वर्ष पुग्नै लाग्दा मुलुकले विकास, सेवा प्रवाह र शासन व्यवस्थामा ठूलो उपलब्धि हासिल गरे पनि नागरिकका कतिपय अपूरा अपेक्षाबाट सिर्जित भ्रमहरूलाई तथ्यगत रूपमा खण्डन गर्नुपर्ने आवश्यकता रहेको मुख्यमन्त्री शाहीले बताए ।

भ्रमहरूलाई चिर्दै संघीयतालाई सुदृढ बनाउन र समृद्धिको मार्गमा अघि बढ्न उच्च स्तरको सहकार्य र निरन्तर मेहनत चाहिने उनको भनाइ छ ।

संघीयताको मर्म अनुसार प्रदेश सरकार, प्रदेशसभा तथा प्रदेशहरूबीच आपसी सम्बन्ध, अनुभव आदानप्रदान र सहकार्यलाई मजबुत बनाउनु अहिलेको प्रमुख दायित्व भएको उल्लेख गर्दै उनले भूगोलको विकटता र अनेकौँ चुनौतीका बाबजुद नागरिकका अपेक्षाहरूलाई जोड्दै संघीयतालाई संस्थागत गर्न कर्णाली प्रदेश निरन्तर प्रतिबद्ध रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?