News Summary
Generated by OK AI. Editorially reviewed.- नगरकोटमा असोज २८ देखि ३१ गतेसम्म ४ दिने ‘चङ्गा चेट प्रि-दसैँ उत्सव’ आयोजना हुने भएको छ।
काठमाडौं । दसैँको अवसरमा नगरकोटमा ४ दिने ‘चङ्गा चेट प्रि-दसैँ उत्सव’ आयोजना हुने भएको छ । असोज २८ देखि ३१ गतेसम्म चल्ने उत्सवमा चङ्गा उडाउने गतिविधिसँगै लाइभ म्युजिक, नृत्य, फुड स्टल, फेस पेन्टिङ, पोटरी, जादु तथा स्ट्यान्डअप कमेडीलगायत मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिनेछन् ।
नगरकोटको दुई दशकभन्दा लामो चङ्गा उडाउने परम्परा केही वर्षदेखि रोकिएको थियो ।
परम्परालाई पुनः निरन्तरता दिँदै यस वर्षदेखि उत्सवलाई बृहत् रूपमा सञ्चालन गर्न लागिएको आयोजकले जानकारी दिएका छन् । आयोजकका अनुसार
नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटमा कार्यक्र गर्न लागिएको हो । उत्सवमार्फत चङ्गा उडाउने नेपाली परम्परालाई नयाँ पुस्तासम्म पुर्याउनुका साथै विदेशी पर्यटकमाझ समेत यसको सांस्कृतिक महत्त्व परिचित गराउने लक्ष्य राखिएको छ।
काठमाडौं उपत्यकाबाट नगरकोट आउने सहभागीका लागि अतिरिक्त शुल्कमा यातायातको व्यवस्था पनि गरिने आयोजकले जनाएको छ।
‘यसपालिको दसैँ… आकाशमा चङ्गा, मनमा उमङ्ग !’ भन्ने नारासहित आयोजना हुन लागेको उत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी नगरकोटको पर्यटन प्रवर्द्धन र नेपाली सांस्कृतिक पहिचानको प्रचार गर्ने अवसरका रूपमा विकास गर्न खोजिएको आयोजकको भनाइ छ।
नगरकोटका पर्यटन व्यवसायी तथा माउन्टेन भिस्टा रिट्रिटका सञ्चालक अर्जुन सिंह ठकुरीले चङ्गा चेटलाई पुरानो परम्पराको पुनरुत्थानसँगै नयाँ पुस्तालाई नेपाली संस्कृतिसँग जोड्ने अवसरका रूपमा लिइएको बताए।
प्रतिक्रिया 4