News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक निश्चल बस्नेतले स्वस्तिमा खड्कासँगको फोटो राखेर ‘धन्न बिहे गरिहालिएछ । नत्र त सिङ्गलै भइने रहेछ ।’ भनेर स्टाटस लेखेका छन् ।
- उनले भर्खरै अर्को पोस्टमा ‘धन्न बुढी छे र त यसरी मिलाएर फोटो खिचिदिन्छे ।’ भनेर लेखेका छन् ।
- उनका पोस्टहरूका कारण सामाजिक सञ्जालमा धेरैले रियाक्ट र कमेन्ट गरेका छन् ।
अहिले निर्देशक निश्चल बस्नेत या त फुर्सदिलो हुनुपर्छ या त ठट्यौली मुडमा । उनलाई ख्यालठट्टा गर्ने खुब रहर चलेको छ । अस्तिमात्र उनले लेखेका थिए, ‘धन्न बिहे गरिहालिएछ । नत्र त सिङ्गलै भइने रहेछ ।’
त्यसमा उनले आफ्नो अनुहारको आधा भाग देखिने गरी पृष्ठभूमिमा स्वस्तिमा खड्काको फोटो खिचेका थिए । फोटो र क्याप्सनको तालमेल यति मिलेको थियो कि धेरैले त्यसमा रियाक्ट र कमेन्ट गरे । कतिले लेखे, ‘जेब्राक्रस जस्तो ।’ कतिले लेखे, ‘खै त भल्ट्याङभुल्टुङ ?’ जे होस्, निश्चलको पोस्टले धेरैलाई बेफुर्सदिलो बनायो ।
यो स्टाटस उनले त्यही बेला लेखेका थिए, जतिबेला प्रधानमन्त्री बालेन शाह झोँक्किएका थिए । उनले झोँक्किएरै कटाक्ष गर्दै लेखेका थिए, ‘धन्न खुला मञ्च बनाइएको थियो ।’ त्यसपछि सोसल मिडियामा ‘धन्न’ ट्रेन्डिङ शब्द नै बन्यो । प्रधानमन्त्री बालेन यो ‘धन्न’ छाडेर निकै अगाडि बढिसके । तर, उनैका हितैषी निश्चललाई भने यसको ह्याङओभरले छाडेको छैन । भर्खरै मात्र पनि उनले एउटा पोस्ट गरे, ‘धन्न बुढी छे र त यसरी मिलाएर फोटो खिचिदिन्छे ।’
हुन त बेला नै रमाइलो गर्ने हो ।
प्रतिक्रिया 4