News Summary
Generated by OK AI. Editorially reviewed.- नौ रथामा घटस्थापनादेखि नवमीसम्म दुर्गाका नौ स्वरूपको पूजाका लागि दिनअनुसार फरक रङका पहिरन शुभ मानिएको छ।
नौ रथाको शुभ अवसरमा रंगी–विरंगी पहिरनहरू लगाउने गरिन्छ । नौ रथाका प्रत्येक दिन पूजा गर्नका लागि दुर्गाको स्वरुप अनुसार कपडाको रङको छनोट गर्नु निकै शुभ मानिन्छ ।
रङ, हाम्रा देवी–देवता र चाडपर्वको निकै विशेष सम्बन्ध छ । तपाईंले कुर्ता–सलवार लगाए पनि, लेहेंगा चोली लगाए पनि अथवा साडी लगाए पनि, नौ रथाका प्रत्येक दिन कुन रङको पहिरन लगाउने भन्ने बारेमा हामी छोटो जानकारी प्रस्तुत गर्दैछौं ।
१.शैलीपुत्री
नौ रथाको पहिलो दिन अथवा घटस्थापनाको दिन माता शैलीपुत्रीको पूजा गरिन्छ । उक्त दिन पहेंलो रङका पहिरन लगाउनु शुभ मानिन्छ । त्यसैले नौ रथाको थालनी पहेंलो रङको कपडाबाट गर्नुपर्छ ।
२.ब्रह्मचारिणी
नौ रथाको दोस्रो दिन माता ब्रह्मचारिणीको पूजा गरिन्छ । उक्त निका लागि हरियो रङ शुभ मानिन्छ । त्यसैले नौ रथाको दोस्रा दिन कुनै पनि प्रकारको हरियो रङको पहिरन लगाउनु पर्छ, तर गाढा हरियो रङ भयो भने अझ राम्रो मानिनेछ ।
३.चन्द्रघण्टा
नौ रथाको तेस्रो दिन हल्का खैरो रङको पहिरन लगाएर पूजा गर्नुपर्छ । माता चन्द्रघण्ठाको पूजा गर्ने बेलामा तपाईंले उक्त रङका कुनै पनि पहिरन लगाउन सक्नु हुनेछ ।
४.कूष्माण्डा
नौ रगाको चौथा दिन सुन्तला रङको पहिरन लगाउनुपर्छ । कूष्माण्डा माताको उक्त रङले दसैंको उत्सवको रौनकलाई अझ बढाइदिन्छ ।
५.स्कन्दमाता
भक्तहरूका सम्पूर्ण इच्छाहरू पुरा गरिदिने स्कन्दमाताको पूजा गर्ने दिन अर्थात नौ रथाको पा“चौं दिन सेतो रङका पहिरन लगाउनु पर्छ । यी मातालाई मोक्षको द्वार खोल्ने माताको नामले पनि चिन्न सकिन्छ ।
६.कात्यायनी
नौ रथाको छैठौं दिन पूजा गरिने कात्यायनी मातालाई मनपर्ने रङ हो रातो । उक्त दिन कात्यायनी माताको पूज ागर्ने बेला रातो रङका पहिरन लगाउनुपर्छ ।
७.कालरात्री
नौ रथाको सातौं दिन माता कालरात्रीको पूजा गरिन्छ । उक्त दिन नीलो रङको पहिरन लगाउनु शुभ मानिन्छ ।
८.महागौरी
नौ रथाको आठौं दिन माता महागौरीको पूजा गरिन्छ । उक्त दिन महागौरीको पूजा गर्ने क्रममा गुलावी रङको पहिरन लगाउनु शुभ मानिन्छ । उक्त दिन महाअष्टमी पर्दछ । त्यसैले अष्टमीको पूजा तथा कन्याहरूलाई भोजन गराउने क्रममा पनि यही रङको पहिरन लगाउनु शुभ मानिन्छ ।
९.सिद्धिदात्री
नौ रथाको अन्तिम दिन सिद्धिदात्रीको पूजा गरिन्छ । उक्त दिन सिद्धिदात्रीको पूजा गर्ने क्रममा बैजनी रङको पहिरन लगाउनुपर्छ । बैजनी रङ माता सिद्धिदात्रीलाई असाध्यै मनपर्छ ।
प्रतिक्रिया 4