News Summary
Generated by OK AI. Editorially reviewed.- जाडो नजिकिँदै गर्दा घरघरमा ब्ल्यांकेट निकाल्ने तयारी भइरहेको छ, र थन्क्याइएका ब्ल्यांकेटमा धुलो तथा गन्ध हुन सक्छ।
जाडो मौसम नजिकिँदै छ । जाडोको समाना गर्नका लागि घर-घरमा यसको तयारी सुरु भइसकेको छ । राति सुत्दा अब पातलो ओड्नेले काम दिन छाड्न लागेको छ । गर्मी सुरु भएपछि थन्क्याएर राखेका ब्ल्यांकेटहरू अब निकाल्ने बेला भएको छ । थन्याइएका ब्ल्यांकेटहरू धुलोले ढाकेको तथा गन्ध आउने अवस्थामा रहेको पनि हुनसक्छ । बाक्लो ब्ल्यांकेट धुनु त्यति सहज पनि हुँदैन ।
ब्ल्यांकेट पूरै नधोइकन विभिन्न उपाय अपनाएर सफा गर्न पनि सकिन्छ ।
१.ताजा हावाको प्रयोग गर्ने
सबैभन्दा पहिले, ब्ल्यांकेटमा जम्मा भएको धुलो हटाउन त्यसलाई राम्ररी टक्टक्याउने । त्यसपछि, यसलाई राम्रो हावा चल्ने ठाउँमा फिजाउने ।
दुईचार दिनसम्म यसो गर्दा लामो समयसम्म थन्क्याएर राख्दा आउने ओसिलोपन र गुम्सिएको ढुसीको गन्ध निकै कम हुन्छ । ब्ल्यांकेट प्रयोग गर्नयोग्य हुन्छ ।
२. घाममा राख्ने
यस्ता ब्ल्यांकेट एक दिन मात्र घाममा राख्दा गन्ध नहराउन सक्छ । तीन-चार दिनसम्म नियमित रूपमा घाममा राख्नु राम्रो हुन्छ । हरेक दिन यसलाई टक्टक्याउने उल्टोपाल्टो बनाउँदै सुकाउँदा सबै भागमा हावा र घाम पुग्न पाउँछ ।
३.बेकिंङ सोडा प्रयोग गर्ने
यदि गुम्सिएको वा ओसिलो गन्ध कायमै रह्यो भने, बेकिङ सोडा प्रयोग गर्न सकिन्छ । बेकिङ सोडामा केही थोपा सुगन्धित तेल मिसाएर पेस्ट बनाउने । यो मिश्रणलाई सबैभन्दा बढी गन्ध आउने ठाउँमा लगाउने । करिब ३० मिनेटसम्म रहन दिने र त्यसपछि ब्रसले सफा गर्ने ।
४.सेतो भिनेगरको स्प्रे
दुर्गन्ध कम गर्न सेतो भिनेगर र पानीको घोल पनि प्रयोग गर्न सकिन्छ । दुवै सामग्री बराबर मात्रामा मिसाउने र उक्त घोललाई स्प्रे गर्ने बोतलमा भर्ने । ब्ल्यांकेटले हल्का स्प्रे गर्ने । स्प्रे गरिसकेपछि यसलाई घाम तथा हावामा राखेर राम्ररी सुक्न दिने ।
भिनेगरको घोल प्रयोग गरेपछि कम्बललाई तुरुन्तै पट्याएर राख्नु हुँदैन । करिब एक दिन घाममा राख्नुपर्छ । यसले बाँकी रहेको ओसिलोपन वा गन्ध हटाउन मद्दत गर्छ।
ब्ल्यांकेट लामो समयदेखि धोइएको छैन भने चाहिँ धुनु नै उपयुक्त हुन्छ ।
प्रतिक्रिया 4