+
+
Shares

बूढीगण्डकी बाढी : यी हुन् बेपत्ता ५ जना 

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाको बाढीका कारण गएको पहिरोमा परि पाँच जना सम्पर्कविहीन भएका छन् ।

विकास मरहट्टा विकास मरहट्टा
२०८३ असोज २५ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उङ्गिलुङ खोलाको बाढीका कारण चुमनुब्री गाउँपालिका–६ मा गएको पहिरोमा परेर पाँच जना सम्पर्कविहीन भएका छन्।
  • पहिरोले चार वटा भेडीगोठ र करिब डेढ सय पशुचौपाया बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
  • सम्पर्कविहीनको खोजीका लागि नेपाली सेनाको हेलिकप्टरसहित स्थानीय र प्रहरीले खोजी गरिरहेका छन्।

२५ असोज, गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाको बाढीका कारण गएको पहिरोमा परि पाँच जना सम्पर्कविहीन भएका छन् । सोही क्षेत्र आसपास भेडीगोठमा बस्दै आएका चुमनुब्री गाउँपालिका–६ चुम्चेतका ६५ बर्षीय सोनाम लामा, उनकी श्रीमती ५९ बर्षीया लाक्पा थोर्मा लामा, ६६ बर्षीया सोम भुटी लामा, ६८ बर्षीय कर्मा लामा र ४१ बर्षीय तेन दोर्जे लामा सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डीएसपी राजकुमार श्रेष्ठका अनुसार पहिरोले सो क्षेत्रमा रहेको चार वटा भेडीगोठ र त्यहाँ रहेका करिव डेढ सय पशुचौपाय बगाएको छ । ‘चार परिवारको चार वटा भेडीगोठ रहेछ,’ उनले भने, ‘त्यो सबै लगेको छ, गोठमा बस्ने पाँच जना सम्पर्कविहीन छन् ।’

पहिरोले उङ्गिलुङ खोला थुनिएकै कारण बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएको हो । उङ्गिलुङ खोला स्यार खोला हुँदै बूढीगण्डकीमा मिसिन्छ । पहिरोले थुनिएको उङ्गिलुङ खोला एक्कासी खुल्दा बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएर वितण्डा मच्चाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मामा अनुसार सम्पर्कविहीनहरुको खोजी कार्य तिव्र पारिएको छ । नेपाली सेनाको हेलिकप्टर समेत प्रयोग गरिएको छ । ‘तलबाट पनि सूचना लिने काम भइरहेको छ,’ उनले भने, ‘हेलिकप्टरसँगै स्थानीय र प्रहरीद्धारा खोजी कार्य भइरहेको छ ।’

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?