इरानका विदेशमन्त्री अब्बास अराघचीले वातावरणलाई अब युद्धको मौन पीडितका रूपमा मात्रै हेर्न नसकिने बताएका छन्।
उनले पछिल्ला वर्षहरूमा गाजा, लेबनान र इरानमा भएका घटनाले सैन्य आक्रमणबाट मानवीय क्षति र महत्त्वपूर्ण पूर्वाधारको विनाशसँगै वातावरणमा गहिरो र कहिलेकाहीँ दीर्घकालीन असर परेको देखाएको बताए।
उनले भने, ‘गाजामा वातावरणीय विपत्तिको अवस्था यति भयावह छ कि संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले यसलाई अभूतपूर्व वातावरणीय क्षति भनेको छ।’
लेबनानमा हतियारको प्रयोग र आक्रमणबाट लागेको आगोले वनजंगल तथा कृषि भूमि नष्ट गरेको उनले बताए। संयुक्त राष्ट्रसंघमा पेस गरिएका प्रतिवेदन र दस्तावेजले लाखौँ वर्गमिटर जमिन जलेको र हजारौँ जैतुनका रूखमा क्षति पुगेको देखाएको उनको भनाइ छ।
अराघचीले इरानका तेल भण्डार, प्रशोधन केन्द्र र ऊर्जा पूर्वाधारमा अमेरिका–इजरायलले गरेका आक्रमणले पनि ‘गम्भीर वातावरणीय जोखिम’ निम्त्याएको बताए।
प्रतिक्रिया 4