+
+
Shares

भारत पुगेर इरानी विदेशमन्त्रीले भने- अमेरिकीमाथि भरोसा गर्ने कुनै कारण छैन

उनले इरानले कहिल्यै पनि युद्ध सुरु नगरेको दाबी गर्दै केवल आत्मरक्षाको कदम मात्रै उठाएको बताए  ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १७:३२

१ जेठ, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकीसँग भरोसा गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् । नयाँ दिल्लीमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले इरान कुनै पनि दबाब र हमलाको विरोध गर्ने बताएका छन् ।

‘हामीसँग अमेरिकीलाई भरोसा गर्ने कुनै कारण छैन,’ अराघचीले भने, ‘इरानी जनता केवल सम्मानको भाषा बुझ्छन् ।’ स्ट्रेट अफ होर्मुजमा भएका बाधाअवरोधको जिम्मेदार इरान नभएको उनले दाबी गरे ।

यस्तै उनले इरानले कहिल्यै पनि युद्ध सुरु नगरेको दाबी गर्दै केवल आत्मरक्षाको कदम मात्रै उठाएको बताए  ।

‘मेरो देश अमेरिका र इजरायली सत्ताको आक्रमणकारी कारबाहीको सिकार भएको छ । र, यो त्यो समयमा भयो, जब हामी अमेरिकीसँग वार्ता गरिरहेका थियौं । कूटनीतिकाबीच उनीहरूले हामीमाथि हमला गर्ने फैसला गरे,’ अराघचीले भनेका छन् ।

त्यो हमलाको निन्दा गर्ने सबै देशप्रति इरान सराहना व्यक्त गर्ने उनले बताए । उनले अगाडि भने, ‘हामी भारत सरकार र भारतीय जनताप्रति सराहना गर्छौं, जसले इरानी जनताप्रति ऐक्यबद्धता र सहानुभूति व्यक्त गरे ।’ उनले भारतीय सरकारबाट ऐक्यबद्धताको प्रतीकस्वरूप मानवीय सहायता र सराहनाप्रति आभार प्रकट गरे ।

भारतमा भइरहेको ब्रिक्स देशका विदेशमन्त्रीको बैठकका लागि अराघची नयाँ दिल्ली पुगेका हुन् । उक्त बैठकको अध्यक्षता भारतीय विदेशमन्त्री एस जयशंकरले गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?