+
+
Shares

इरानी विदेशमन्त्रीले न्यूयोर्कमा अमेरिकासँग संवादका मध्यस्थकर्तासँग भेटवार्ता गर्ने

इरानको समाचार संस्था तस्निमका अनुसार अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने भने कुनै योजना छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते २०:४९

इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको वार्ताको मध्यस्थकर्तासँग भेटवार्ता गर्ने भएका छन् । इरानको समाचार संस्था आईएसएनएका अनुसार विदेशमन्त्री अराघचीले इरानी प्रतिनिधिमण्डलसहित आजै अमेरिकासँगको वार्तामा संलग्न मध्यस्थकर्ताहरूसँग भेटवार्ता गर्ने भएका हसन् ।

कतारी प्रतिनिधिमण्डल अहिले अमेरिकामा रहेको छ । उसले गत साता होर्मुज स्ट्रेट पुन: खोल्ने बदलामा आर्थिक राहत दिनुपर्ने इरानी प्रस्ताव अमेरिकी अधिकारीसमक्ष प्रस्तुत गरेको थियो ।

मध्यस्थ टोली र इरानी प्रतिनिधिमण्डलले ‘पछिल्ला प्रस्ताव तथा वर्तमान परिस्थितिबारेका धारणा’ विषयमा छलफल गर्ने आईएसएनएले जनाएको छ ।

इरानको समाचार संस्था तस्निमका अनुसार अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने भने कुनै योजना छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?