+
+
Shares

नेतान्याहु सत्ता जोगाउन अमेरिकीको ज्यान र पैसा दाउमा लगाउँदै छन् : इरानी विदेशमन्त्री

‘आफ्नो विवेक गुमाएको जुवाडेजस्तै उनी थप अमेरिकी रगत र सम्पत्ति खर्च गरेर आफूलाई जोगाउन हताश प्रयास गरिरहेका छन्,’ अराघचीले लेखेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते २१:२८

इरानका विदेशमन्त्री अब्बास अराघचीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूलाई जोगाउन अमेरिकी नागरिकको ज्यान र देशको स्रोतसाधन दाउमा लगाइरहेको आरोप लगाएका छन्।

एक्समा लेख्दै अराघचीले नेतान्याहुलाई अरब, अमेरिकी र इरानी नागरिकको रगतले हात रङ्गिएका युद्ध अपराधका आरोपमा खोजी गरिएका व्यक्ति भन्दै न्यायको कठघरामा उभिनबाट बच्न उनले आफ्नै जनताको समेत वास्ता नगरेको आरोप लगाएका छन्।

‘आफ्नो विवेक गुमाएको जुवाडेजस्तै उनी थप अमेरिकी रगत र सम्पत्ति खर्च गरेर आफूलाई जोगाउन हताश प्रयास गरिरहेका छन्। अमेरिकी सिनेटरहरू समेत यो युद्धबाट बाहिरिन चाहन्छन्,’ अराघचीले लेखेका छन्।

यसैबीच, इजरायलमा आगामी अक्टोबर २७ मा संसद् (नेसेट) का लागि निर्वाचन हुँदैछ। उक्त निर्वाचनमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?