+
+
Shares
मानवअधिकार आयोग प्रतिवेदन :

निश्चल बस्नेत, सिसन बानियाँ, अमनप्रतापसम्मलाई थप अनुसन्धान गर्न सिफारिस

बुधबार सार्वजनिक प्रतिवेदनमा कन्टेन्ट क्रिएटर भिक्टर पौडेल र भाग्य न्यौपानेसहितको भूमिकामा पनि थप अनुसन्धान हुन आवश्यक रहेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १७:२७

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको अनुसन्धान प्रतिवेदनले जेनजी आन्दोलनको क्रममा फिल्म निर्देशक निश्चल बस्नेत, भ्लगर सिसन बानियाँ, टिभी शो निर्देशक अमनप्रताप अधिकारी लगायतका कलाकारको भूमिकामाथि थप अनुसन्धान हुन आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

बुधबार सार्वजनिक प्रतिवेदनमा टिभी कार्यक्रमका निर्देशक अमनप्रताप अधिकारी, कन्टेन्ट क्रिएटर भिक्टर पौडेल र भाग्य न्यौपानेसहितको भूमिकामा पनि थप अनुसन्धान हुन आवश्यक रहेको जनाएको छ ।

आयोगको प्रतिवेदनमा गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, रक्षा बम, कृष्ण कार्की, डा. तोषिमा कार्की, राजिव खत्री, शोम शर्मा, केपी खनालको नाम उल्लेख छ । अनि दिपक बोहरा, मनिष झा, ज्वाला संग्रौला, हेमराज थापा, विमल पन्त, खेमराज साउद, पुरुषोत्तम यादव, हामी नेपाल संस्थाका अध्यक्ष सुधन गुरुङको विषयमा पनि अनुसन्धान हुनुपर्ने भनेको छ।

त्यसैगरी विवेक थपलिया, सिसन बानिया, आशिका तामाङ, असिममान बस्नेत, भाग्य न्यौपाने, टंक दाहाल, भिक्टर पौडेल, अंकित मल्ल, उमेश बोहरा, शिव यादवको अभिव्यक्ति अनुसन्धान हुनुपर्ने भनेको छ ।

आयोगले विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय, रवि किरण हमाल र हरि ढकालको भूमिकामा पनि प्रश्न उठाएको छ ।

साथै निश्चल बस्नेत, सुशिला कार्की, ओम प्रकाश अर्याल, गौरी बहादुर कार्की, पशुपति खड्का, दुर्गा प्रसाई, उर्जा बराल, जेरी ताम्राकार, हेमसागर बिद्रोही, वुद्ध छिरिङ्ग, सन्तोष राजावादी, अमित खनाल, दिपक देवकोटा, गौरव बराल, हिमानी राज्य लक्ष्मी सिंह, निशान मैनाली सहितलाई अनुसन्धानको दायरामा ल्याउन भनेको छ ।

यी लगायतका व्यक्तिहरुले प्रदर्शनभन्दा पहिले, प्रदर्शनका क्रममा अनि प्रदर्शनपछि दिएको अभिव्यक्तिले समाजमा पारेको प्रभावबारे अनुसन्धान गर्नु भनेको हो ।

आयोगको प्रतिवेदनमा भनिएको छ, ‘सुक्ष्म अनुसन्धान गरी सम्बन्धित व्यक्ति तथा आम नागरिकलाई सुसुचित गराई उल्लिखित व्यक्तिहरुको स्वच्छ सुनुवाइको हक अधिकारको सुनिश्चतता सहित अनुसन्धान गरी दोषी देखिए कारबाही गर्नु ।’

प्रतिवेदनमा अघि भनिएको छ, ‘ती समेतका व्यक्तिहरुले प्रदर्शन पूर्व, प्रदर्शन दौरान र प्रदर्शन पश्चात आफ्नो प्रदर्शन सम्बन्धमा अभिव्यक्ति दिएको भन्ने निजहरुको सामाजिक सञ्जाल, प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धानले निजहरु प्रदर्शनमा सहभागिता हुन सक्ने भनी सङ्कलन गरेको प्रतिवेदनसमेतका आधारमा उल्लेखित हुन आएको देखिन्छ ।’

‘उनीहरुको अभिव्यक्तिले खुल्लारुपमा हिंसात्मक प्रदर्शन गर्ने मनसाय व्यक्त गरेको नदेखिएको समेत भई २३ र २४ गतेका दौरानमा भएको मानवीय र भौतिक क्षति समेतका कारणमा निजहरुको संलग्नता रहे नरहेको, निजहरुको अभिव्यक्तिबाटसमेत प्रदर्शनकारीहरु आकर्षित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम भए नभएको वा सोको दुष्परिणाम भए नभएको सम्बन्धमा थप अनुसन्धान हुन आवश्यक देखिन्छ’ प्रतिवेदनले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?