News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'लालीबजार'को प्रिमियरमा सेलिब्रेटी र राजनीतिज्ञको उपस्थितिले माहोल तताएको थियो।
- स्वस्तिमा खड्का फिल्मको केन्द्रीय भूमिकामा भएकाले सबैको ध्यान उनको फेसन र उपस्थितिमा केन्द्रित थियो।
- निर्देशक निश्चल बस्नेतमाथि भदौ २४ को विध्वंश उक्साउने आरोप लागे पनि उनले ती आरोपको खण्डन गरेका छन्।
काठमाडौं । विहिबार बेलुका ‘लालीबजार’को प्रिमियर खास रह्यो । सेलिब्रेटीदेखि राजनीतिज्ञसम्मको खचाखच उपस्थितीले माहोललाई तताएको थियो । सबैको ध्यानको केन्द्रमा थिइन्- स्वस्तिमा खड्का ।
नहोस् पनि किन ? फिल्मको लाइमलाइट नै स्वस्तिमा थिइन् । केन्द्रीय भूमिकामा अभिनय गर्ने भएकाले पनि उनीप्रति ध्यान जाने नै भयो । यसबाहेक, उनको फेसन स्टाइल पनि आकर्षक थियो ।
फोटोग्राफर उनको पर्खाइमा थिए । उनको इन्ट्री भएपछि क्यामेरा पर्सनहरूले उनका श्रीमान तथा निर्देशक निश्चल बस्नेतको पनि खोजी गरे । त्यसपछि स्वस्तिमाले जिस्काउँदै निश्चललाई बोलाइन्- ओ खरानी ग्याङको लिडर, यता आऊ न ।’
स्वस्तिमाले जिस्काउँदै निश्चललाई त्यसरी बोलाएपछि निश्चल केही बोल्दैनन् । फोटो खिचाउँछन् । त्यसपछि मिडियाकर्मीले निश्चललाई हालैका आलोचनाबारे प्रश्न सोध्छन् ।

निश्चलले आफूमाथि लागेका आरोपको खण्डन प्रयास गरेका छन् । ती आरोपमा सत्यता नरहेको उनको भनाइ छ । भदौ २४ को विध्वंशमा उक्साउने काममा निश्चल संलग्न रहेको आरोप कतिपय सामाजिक संजाल प्रयोगकर्ताले लगाइरहेका छन् । यो सन्दर्भमा उनलाई कतिपयले ‘खरानी ग्याङ’का एक सदस्य रहेको भन्दै ट्रोल पनि गरेका थिए ।
निश्चलले आरोपको खण्डन गर्दै आएका छन् । उनले ‘लालीबजार’को प्रमोसनमा स्वस्तिमालाई पनि सघाउँदै आएका छन् । अदालतले फिल्म रोकेपछि माइतीघर मण्डलामा गरिएको अभिव्यक्ति स्वतन्त्रता पक्षधरको प्रदर्शनमा स्वस्तिमालाई साथ दिन निश्चल पनि माइतीघर पुगेका थिए ।
प्रतिक्रिया 4