प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–१९ ब्रम्हपुरबाट ३८ वर्षीय चक्रबहादुर जिमीलाई २४ ग्राम ४४ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
- इलाका प्रहरी कार्यालय इटहरी र गैसार सामुदायिक प्रहरी बिटको टोलीले लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा पक्राउ गरेको हो।
- जिमीको साथबाट मोटरसाइकल, १९ हजार ९८० रुपैयाँ नगद र एकथान मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
२५ वैशाख, सुनसरी । प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–१९ स्थित ब्रम्हपुरबाट लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।
लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी र गैसार सामुदायिक प्रहरी बिटबाट खटिएको टोलीले ब्रम्हपुरबाट ३८ वर्षीय चक्रबहादुर जिमीलाई शुक्रबार पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले २४ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
जिमीको साथबाट को ३९ पा ३१२३ नम्बरको मोटरसाइकल, १९ हजार ९८० रुपैयाँ नगद र एकथान मोबाइल पनि बरामद गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4