+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
७९ बलमा १०७ रन आवश्यक
कर्णाली याक्स 2025
33/4 (6.5)
Shares
बसपार्क घटना :

ब्राउन सुगर किन्न दिएको ५ सयमा विवाद, जुत्ताको तुनाले घाँटी कसेर हत्या

सीसीटीभी फुटेजमा समेत तन्नाको पोको होटलबाट राति १:५२ बजे निकालेर लगेको देखिएको एक अनुसन्धान अधिकृतले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १७:४६

८ मंसिर, काठमाडौं । टोखा नगरपालिका–९ मा मृत भेटिएको महिलाको ५ सयको विवादमा हत्या भएको खुलेको छ ।

सुरुमा प्रहरीले तेस्रो लिंगी महिलाको हत्या भएको बताए पनि ती व्यक्ति माया मगर भनिने आयुषा मगर नाम गरेकी युवती रहेको खुलेको छ । ती महिलालाई सूर्य थापा नाम गरेका व्यक्तिले हत्या गरेको खुलेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले थापाले ५ सयको विवादमा ती युवतीको हत्या गरेको पाइएको बताए । जुनकुरा सूर्यले स्वीकार समेत गरेको प्रहरीले दाबी गरेको छ ।

शनिबार बिहान ८ बजेतिर तन्नाले बेरेको अवस्थामा शव भेटिएको थियो । टोखाको मिलनटोल नयाँ बसपार्कस्थित होटल रोयल कुन्डलाको स्टाफ रुपमा रहेको तन्ना र तकियाको खोलमा भएको ट्याग नै भेटिएको थियो ।

त्यसपछि प्रहरीले उक्त होटलका साहु र म्यानेजरलाई घटनाबारे सोधपुछ गरेको थियो । तर, उनीहरूले आफूलाई केही थाहा नभएको बताएका थिए । सोही होटलमा काम गर्ने २४ वर्षीय सूर्य थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीले पक्राउ गर्दा उनी मदिराको नसामा थिए । प्रारम्भिक सोधपुछकै क्रममा उनले हत्याको घटना स्वीकार गरेको प्रहरीले बताएको छ ।

अनुसन्धानको क्रममा हत्याको मुख्य कारण पाँच सय रुपैयाँ रहेको प्रहरीले बताएको छ । अन्दाजी १५ दिन जति अघि आयुषा र अर्को डोल्मा नाम गरेका दुई जना राति १२ बजेतिर उक्त होटलमा आएका थिए ।

त्यतिबेला आयुषाले सूर्यसँग पाँच सय रुपैयाँ मागेर लगेकी थिइन् ।

ब्राउन सुगर किन्न भनेर पाँच सय रुपैयाँ सापटी लगेको सूर्यले बताएका छन् । त्यही पाँच रुपैयाँ सापटी माग्दा आयुषाले दिन्न भनेपछि २६ कात्तिकको राति सूर्यले हत्या गरेको प्रहरीले बताएको छ ।

सीसीटीभी फुटेजमा समेत तन्नाको पोको होटलबाट राति १:५२ बजे निकालेर लगेको देखिएको एक अनुसन्धान अधिकृतले बताए ।

ब्राउन सुगर किन्न लगेको रकम माग्दा नदिने बताएपछि सूर्यले जुत्ताको तुनाले आयुषाको घाँटी कसेको प्रहरीले बताएको छ । घाँटी कसेर हत्या गरेपछि कालो ठूलो प्लाष्टिकमा प्याक गरेर तन्नाले बेरेर फालेको उनले प्रहरी समक्ष बताएका छन् ।

हत्या गरिएकी युवती आयुषा विवाहित रहेको पाइएको छ । उनका आमा कल्पनाले शेर्पालीले आफ्नो छोरी भनेर सनाखत गरेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?