News Summary
Generated by OK AI. Editorially reviewed.- विश्लेषक सौरभको पुस्तक \'असहमति-५\' काठमाडौंमा आयोजित कार्यक्रममा लोकार्पण भएको छ।
विश्लेषक सौरभको पुस्तक ‘असहमति-५’ सार्वजनिक भएको छ । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा लेखक सौरभ स्वयमले आफ्नो पुस्तक लोकार्पण गरेका हुन् ।
लोकार्पणपश्चात् सौरभले आफ्नो पुस्तक केन्द्रित रहेर समाज, संस्कृति, इतिहास र सभ्यता चिन्तनबारे धारणा राखेका थिए । पत्रकारिताबाट जीवनको करियर अघि बढाउँछु भन्दा असहमतिका पक्षहरू देखिएपछि शृङ्खलाबद्ध रूपमा आफूले पुस्तक र लेखहरूमार्फत आफ्ना विचार र खोज-अनुसन्धानका विषयलाई अघि बढाएको उनले बताए ।
हाम्रो नेपालीपन माथि जहिले पनि पश्चिमाहरूको धावा रहेको उल्लेख गर्दै उनले इतिहासका गलत व्याख्याहरूको चर्चा गरेका थिए । संस्कृतका विज्ञहरूमा जीवन पद्धतिको विवेचनामा समयशास्त्रको चेत नभएको उल्लेख गर्दै उनले भने, ‘आत्मपरिचयको सवालमा ‘नेपाली’ एउटा बेग्लै परिचय भएको मानवीय जमात हो । नितान्त अस्वाभाविक हीनताबोधले ग्रस्त मानसिकताले चिराक बोक्न सक्दैन ।’
कार्यक्रममा उनले उपस्थिति पाठकसँग अन्तरक्रियासमेत गरेका थिए ।
प्रतिक्रिया 4