News Summary
Generated by OK AI. Editorially reviewed.- हेराल्ड कलेज काठमाडौंले १८ मंसिरमा ९०३ विद्यार्थीलाई दीक्षित गर्दै दीक्षान्त समारोह सम्पन्न गरेको छ।
- दीक्षित विद्यार्थीमा ६४५ जना बीएससी, ५२ जना बीआईबीएम र २०६ जना आईएमबीए तहका छन्।
- सक्षम शर्माले बीएससीमा उत्कृष्ट छात्रवृत्ति पाउँदै इस्लिङ्टन कलेजमा स्नातकोत्तर अध्ययन गर्ने अवसर पाएकी छन्।
१८ मंसिर, काठमाडौं । हेराल्ड कलेज काठमाडौंले दीक्षान्त समारोह सम्पन्न गरेको छ ।
समारोहबाट कलेजका ९०३ विद्यार्थी दीक्षित भएका छन् । जसअन्तर्गत ६४५ जना बीएससी (कम्प्युटर साइन्स), ५२ जना बीआईबीएम इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट) तथा २०६ जना आईएमबीए (इन्टरनेसनल मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन) तहका विद्यार्थी छन् ।
यस वर्ष पनि कलेजले इनोभेट नेपाल ग्रुप (आईएनजी)द्वारा प्रदान गरिने प्रतिष्ठित पोस्ट ग्राजुएट स्कलरसिप मार्फत उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ ।
यस वर्षको छात्रवृत्ति कलेजमा बीएससी (कम्प्युटर साइन्स) अध्ययनरत् विद्यार्थी सक्षम शर्मालाई प्रदान गरिएको छ । उनले अब इस्लिङ्टन कलेजमा आफ्नो स्नातकोत्तर अध्ययन जारी राख्नेछन् । छात्रवृत्तिसँगै, शर्माले आईएनजी अन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्नेछन् ।
समारोहमा सम्बोधन राख्दै इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले हेराल्ड कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थी सरकारी निकायदेखि प्रतिष्ठित निजी क्षेत्रसम्म उत्कृष्ट स्थानमा कार्यरत रहेको उल्लेख गरे ।
उनले बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट मानिनुका कारण विद्यार्थीहरू सूचना–प्रविधि क्षेत्रमा सक्षम र प्रतिस्पर्धी बन्न सफल भएको बताए ।
प्रतिक्रिया 4