+

एनपीएल : पोखराले टस जितेर काठमान्डुविरुद्ध बलिङ गर्दै

२०८२ मंसिर  १८ गते ११:३८ २०८२ मंसिर १८ गते ११:३८
एनपीएल : पोखराले टस जितेर काठमान्डुविरुद्ध बलिङ गर्दै

१८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

पोखराले अघिल्लो खेलबाट कुनै परिवर्तन गरेको छैन । काठमान्डुले एक परिवर्तन गरेको छ । आई एल टी-२० खेल्न दुबई फर्किएका जेरार्ड एरासमसको स्थानमा सन्नी पटेल खेल्दै छन् ।

५ खेलमा २ जित र ३ हारसहित ४ अंक रहेको पोखराका लागि यो खेल बढी महत्वपूर्ण हुनेछ । आजको खेलमा जित हासिल गरेर अन्तिम खेल पनि जित्न सके पोखराको प्लेअफ सम्भावना बलियो बन्ने छ ।

पोखरा पराजित भएमा भने अधिकतम ६ अंकसम्म मात्र पुग्न सक्छ जसले प्लेअफको सम्भावना कमजोर बनाउने छ ।

एनपीएल काठमान्डु गोर्खाज नेपाली क्रिकेट पोखरा एभेन्जर्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय