+

एनपीएलमा आज दुई महत्वपूर्ण खेल‌, पोखरा र काठमान्डु तथा सुदूरपश्चिम र चितवन खेल्दै

२०८२ मंसिर  १८ गते ८:३० २०८२ मंसिर १८ गते ८:३०
एनपीएलमा आज दुई महत्वपूर्ण खेल‌, पोखरा र काठमान्डु तथा सुदूरपश्चिम र चितवन खेल्दै

१८ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा आज दुई खेल हुँदैछन् । लिग चरण समाप्त हुनै लाग्दा दुवै खेल आज महत्वपूर्ण खेलका रूपमा छन् ।

आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमान्डु गोर्खाजको सामना गर्दै छ । ६ खेलमा ८ अंकसहित शीर्ष चारमा रहेको काठमान्डु आज विजयी भएमा प्लेअफमा पुग्ने छ । पराजित भएमा काठमान्डु अन्य नतिजामा भर पर्नु पर्ने छ ।

यस्तै ५ खेलमा २ जित र ३ हारसहित ४ अंक रहेको पोखराका लागि यो खेल बढी महत्वपूर्ण हुनेछ । आजको खेलमा जित हासिल गरेर अन्तिम खेल पनि जित्न सके पोखराको प्लेअफ सम्भावना बलियो बन्ने छ । पोखरा पराजित भएमा भने अधिकतम ६ अंकसम्म मात्र पुग्न सक्छ जसले प्लेअफको सम्भावना कमजोर बनाउने छ ।

यस्तै आज हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्दै छन् । सुदूरपश्चिम ५ खेलमा ५ जितसहित १० अंक जोडेर शीर्षस्थानमा छ । आजको खेल जिते सुदूरपश्चिम शीर्षस्थानमै रहने पक्का हुनेछ, पराजित भएपनि शीर्ष २ को सम्भावना बलियो नै रहनेछ ।

चितवनका लागि भने यस खेल महत्वपूर्ण हुनेछ । चितवनले सुदूरपश्चिमलाई हराएमा ६ अंक हुनेछ र अधिकतम ८ अंकसम्म पुग्न सक्छ जसले प्लेअफ पुग्ने प्रतिस्पर्धा रोचक बनाउने छ ।

आजको दुई‌ खेलपछि प्लेअफ समीकरण अझ प्रष्ट बन्नेछ । सिधा समीकरण हेर्दा पोखरा र चितवनलाई जितको विकल्प हुने छैन ।

हालसम्म सुदूरपश्चिम मात्र प्लेअफमा पुग्दा कर्णाली याक्स‌ मात्र बाहिरिएको छ ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय