+

प्रिमियर लिगमा आर्सनलको शानदार लय कायमै

२०८२ मंसिर  १८ गते ७:५० २०८२ मंसिर १८ गते ७:५०
प्रिमियर लिगमा आर्सनलको शानदार लय कायमै

१८ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले शानदार लय कायमै राखेको छ । लिगअन्तर्गत गएराति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई पराजित गरेको छ।

मिकेल मेरिनो र बुकायो साकाले १-१ गोल गरेपछि घरेलु मैदानमा आर्सनल २-० ले विजयी भयो ।

मेरिनोले ११औं मिनेटमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । साकाले इन्जुरी समयमा गोल थप्दै २-० को जित पक्का गरे ।

जितपछि शीर्षस्थानको आर्सनलको १४ खेलमा ३३ अंक भएको छ । पराजित ब्रेन्टफोर्ड १९ अंकसहित १३औं स्थानमा छ ।

आर्सनल प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय