+
सिद्धार्थ बैँक ओके एनपीएल बज :

टीयू मैदानमा फ्लडलाईटमुनि एनपीएल हेर्दा भावुक भएँ : पृथु बास्कोटा

२०८२ मंसिर  १४ गते १७:१२ २०८२ मंसिर १४ गते १७:१२

नेपाली क्रिकेटमा दुई दशकको यात्रा तय गरिसकेका पृथुले अहिले भइरहेको एनपीएल हेर्न टीयू जाँदा आफू भावुक बनेको बताएका छन् ।

टीयू मैदानमा फ्लडलाईटमुनि एनपीएल हेर्दा भावुक भएँ : पृथु बास्कोटा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा आज कर्णाली याक्स र काठमान्डु गोर्खाजबीच खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिउँसो ३:३० बजे सुरु हुनेछ।
  • नेपाली राष्ट्रिय क्रिकेटर पुथु बाँस्कोटाले नेपाली क्रिकेटको दुई दशकको विकास लोभलाग्दो भएको र टीयू मैदान एसोसिएट क्रिकेटमा आईकोनिक फिल्ड भएको बताउनुभयो।
  • पुथुले काठमान्डुले जिते प्लेअफ चान्स बलियो हुने र कर्णालीको लागि आजको खेल मस्ट विन म्याच भएको उल्लेख गर्नुभयो।

१४ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा आज एक मात्र खेल हुँदैछ । कर्णाली याक्स र काठमान्डु गोर्खाजबीच खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिउँसो ३:३० बजे सुरु हुनेछ।

नेपाली राष्ट्रिय क्रिबेट टिमबाट खेलिसकेका र यू-१९ राष्ट्रिय क्रिकेट टिमबाट कप्तानी गरिसकेका पुथु बाँस्कोटाले आज हुने खेल र नेपाल प्रिमियर लिग र नेपाली क्रिकेटको बारेमा सिद्धार्थ बैँक ओके एनपीएल बजमा कुरा गरेका छन् ।

नेपाली क्रिकेटमा दुई दशकको यात्रा तय गरिसकेका पृथुले अहिले भइरहेको एनपीएल हेर्न टीयू जाँदा आफू भावुक बनेको बताएका छन् ।

‘यो दुई दशकमा नेपाली क्रिकेटले गरेको विकास लोभलाग्दो छ र टीयू मैदानमा गएर खेल हेर्दा इमोसनल भएँ । एक पटक त मलाई टीयू मैदान पनि होइन कि जस्तो लागेको थियो । अर्कै जस्तो भयो,’ पुथुले सिद्धार्थ ओके एनपीएल बजमा कुरा गर्दै भने, ‘एकदम राम्रो देखिएको छ । टीयू मैदान एसोसिएट क्रिकेटमा आईकोनिक फिल्ड हो।’

पृथले केही समय अघि पनि टीयू मा फ्लडलाईटमा खेल हुने सम्भावना नदेखेपनि सबैको प्रयासले सफल भएको बताए । ‘मलाई पनि अन्डर लाईट एनपीएल हुन्छ जस्तो लागेको थिएन । तर क्यान लगायत सम्पूर्णले राम्रो काम गर्नुभयो ।’

नेपाली खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने बताए । ‘बसिरले जुन किसिमको ईनिङ्स खेले । अन्य खेलाडीले पनि त्यो अनुसार प्रदर्शन गर्यो भने राम्रो हुन्छ ।’

यस्तै पृथुले आज हुने कर्णाली र काठमान्डुबीचको खेल दुवै टिमलाई महत्वपूर्ण रहेको बताए ।

‘काठमान्डुले जितेमा प्लेअफको चान्स बलियो हुन्छ । कर्णालीको दागि यो म्याच मस्ट विन म्याच छ । कर्णाफीले जितेमा टेबल रमाईलो हुनेछ ।’ पृथुले भने ।

यस्तै पुथुले यश सिजन अपराजित रहेको एक मात्र टिम सुदूरपश्चिमको टिम बन्डिङ राम्रो रहेको बताए ।

‘सुदूरपश्चिमको टिम ईनर्जी राम्रो छ । फ्यानको क्रेज पनि राम्रो छ । टप अर्डर देखि सबैले राम्रो खेलिरहनुभएको छ । टप अर्डर मा क्रिस लिन अझ चल्न बाँकी छ ।’

एनपीएल ओके एनपीएल बज टीयू मैदान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय