News Summary
Generated by OK AI. Editorially reviewed.- लेखकले लण्डनमा विभिन्न सांस्कृतिक स्थलहरू, रेस्टुरेन्टहरू र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूकेको लक्ष्मी जयन्ती कार्यक्रममा सहभागिता जनाइन।
२०२५ सेप्टेम्बर ३० को राति नारिता एअरपोर्टबाट उडें । मलेसियन एअरलाइन्सबाट क्वालालम्पुर हुँदै लण्डन पुग्नु थियो । पहिलोपल्ट यति लामो उडानको अनुभव हुनेवाला थियो ।
जहाँ जाँदा पनि सिधा उडान मार्फत जाने बानी थियो तर यो पल्ट भने जाने, नजाने भन्दाभन्दै अन्तिम क्षणमा निर्धारण भएको मिति महाअष्टमीको दिन परेछ । महँगीसँगै सिधा उडान छाडेर उल्टो घुमी मलेसिया हुँदै लण्डन जानुपर्ने भयो । २० घण्टे यात्रामा निस्किएको थिएँ ।
यात्रा भर्खर सुरु भएको भए पनि मन लण्डन पुगिसकेको थियो । ‘काकाको घर एअरपोर्टबाट अलि टाढा छ भन्ने सुनेको थिएँ, लिन आउने हो कि होइन ? धेरै वर्षपछि हुन लागेको भेट कस्तो होला ? यस्तै यस्तै प्रश्नहरू मनमा खेल्न थाले ।
नक्शा पल्टाएर हेर्ने, चाहिएको सूचना आफैं संकलन गर्ने र आत्मनिर्भर बन्ने बानी हामी नेपालीहरूको छैन । हाम्रो पुस्ताका नेपालीहरूमा शैक्षिक नीति नै यस्तै भएर पो हो कि ?
वर्षौं विदेशमा बसे पनि परजिवी बन्ने बानीबाट हामी माथि उठ्न सकेका छैनौं । आफैंसँग लज्जित हुनुपर्ने अवस्था थियो, निकै टाढाबाट अंकललाई लिन बोलाएको थिएँ ।
तालिकाअनुसार साँझ ४:३५ मा हिथ्रो एअरपोर्ट पुग्नुपर्ने थियो । विमान ३:३५ बने नै उत्रियो । शायद हावाको वहाब उत्तर तिरै भएर हो कि ? जुन, जुलाईमा नेपाल गएर आउँदा पनि काठमाडौंबाट साढे ७ घण्टा लाग्ने उडान ६ घण्टामा नै पूरा भएको थियो।
लिन आउने मान्छेलाई कुराउनुको सट्टा आफू नै कुर्नु परेको धेरै उदाहरणहरू मध्ये यो यात्रा पनि एक बन्न पुग्यो । लण्डन हिथ्रो एअरपोर्टबाट २७५ माइलको दूरी पार गर्नु थियो । अनौठा दृश्य क्यामेरा र मन मुटुमा कैद गर्दै अंकलको घर प्लाइमाउथमा पुगियो ।

बाटोमा देखिएका दृश्य मेरा लागि निकै अनौठा थिए । जमिन र आशमान जोडिएको जस्तो देखिने क्षितिजको बक्ररेखा आफ्नै आँखाअगाडि फैलिने कति मनमोहक स्वरुप थियो त्यो आहा ! गफाडी मँ, अंकलको मर्सीडिज बेन्चको कालो सिसा बेलाबेलामा तल झार्दै फोटो खिच्दै, नयाँ दृश्यको अनुभूति लिंदै हिँड्दा दुई दिन नसुतेको थकान बिर्सियो ।
आफू भन्दा उमेरमा कान्छो काकाको घरमा दशैं मनाउन, पहिलो पल्ट पुगेको थिएँ म । २३ वर्ष भइसकेको थियो उहाँ यता बस्नुभएको । नेपालमा मनाएको पछिल्लो दशैं २०२१ को थियो । नेपालकै झल्को दिने भेटघाट र सम्झना रह्यो २०२५ को दशैंको पनि ।
प्लाइमाउथमा भेट भएको चितवनको कमल बराल भाइ र परिवार, नेपालबाट पाल्नुभएको आमा बुबा, डा. राजन घले, इ.गणेश तिमल्सिना सबैसँगको मिलन यादगार रह्यो । टीकाको भोलिपल्ट अंकल, अन्टी र म प्लाइमाउथको विभिन्न ठाउँ डुल्न निस्कियौं । जहाँबाट पानी जहाजहरू मान्छे र कार्गो बोकेर जर्मनी, इटाली र अन्य युरोपियन देशहरूमा जाँदो रहेछन् ।
जापानको ३३ डिग्री सेल्सियस तापक्रमबाट आएको म, उता त ७ डिग्री मुटु नै कमाउने जाडो भन्दा पनि फरक नपर्ने।मान्छेलाई खुशी हुन के वर्षातको उन्मातले र के ठण्डीको लुगलुगले छेक्थ्यो र !
शुक्रबार हामी दिनभर डुल्न निस्कियौं, किन्ग्स बर्गरमा चिया, कफी र खाजा खायौं अनि बेलुका अंकलको काम भएकाले ५ बजेतिर घर फर्कियौं।
अंकल आफ्नो रेष्टुरेन्ट सम्हाल्न जानुभयो, हामी फ्रिजबाट खाना निकालेर टेबलमा सजाउँदै खान थाल्यौँ । ठट्यौली गर्दै मासु, चिउरा, दही, मिठाइ फलफूल मस्तसँग खायौँ । वाह ! कत्ति रमाइलो ।
शनिबार काकाको रेष्टुरेन्टका भाइ बहिनीहरू टीका लगाउन आएका थिए । आइतबार बिहानै म प्लाइमाउथबाट काकाले अन-लाइनबाट किनिदिएको हाइ-वे बसको टिकट लिएर, किन्गस्बरीमा रहेको भाइको घरतर्फ लागें ।
भाइ हिथ्रो एअरपोर्ट बस टर्मिनलमा लिन आइसकेको थियो । घरमा बुहारी उषा, भदैनीहरू गाजल, गहना र भदा शार्थक तथा मेरा दुई छोरीहरू प्रिया र आयुमी मलाई कुरेर बसिराखेका थिए ।
हामी १ बजेतिर पुग्यौं । मैले भाइ बुहारी र केटाकेटीहरूलाई दशैं २०८२ को टीका लगाइदिएँ, अनि रमाइलो गर्दै खाना खाएर बस्यौँ । प्रिया र आयुमी आ-आफ्नो घर फर्किए, हामी धेरै वर्षपछिको पारिवारिक गफमा व्यस्त रह्यौं।
सोमबार भाइ र म किन्ग्सबरीको स्कोन टेप्पल, अक्षराधाम किन्गसबरी र अन्य स्थानीय ठाउँहरू डुल्दै इन्डियन रेस्टुरेन्टमा खाना खाएर घर फर्कियौं । ३ दिनको किन्गसबरी बसाइ ३ मिनेट जस्तै पत्तै नपाई सक्कियो ।
फर्किंदा बाटोमा किन्सबरी स्टेशन हुँदै, भाइको गाडीमा ‘विन्डसर क्यास्सल’ अर्थात स्वर्गीय महारानी एलिजाबेथ र राजपरिवारका अन्य सदस्यहरूको चिहान भएको महल) पुगियो । संसारको सबैभन्दा ठूलो र पूरानो अनि क्षेत्रफलको हिसाबले पनि धेरै जमिन ओगटिएको चिहान महल रहेछ यो ।
वर्षैभरि आगन्तुकहरूका लागि खुला रहने यो महल ११औं शताब्दीमा स्थापना भएको ४० राजाहरूको चिहान रहेछ । यसपछि ‘विमली स्टेडियम’ तर्फ लाग्यौं, जहाँ इन्गल्याण्डले सन् १९६६ मा विश्व कप फुटबलको खेल जितेको थियो। ‘विमली ओलम्पिक पार्क’ हेरेर, हामी छोरी प्रियाको घर रेडिन्गतर्फ लाग्यौं।
मलाई प्रियाकहाँ छोडेर भाइ फर्कियो । म पाँच दिने रेडिन्ग भ्रमणामा व्यस्त रहेँ ।
भोलिपल्ट म र प्रिया डबल टेकर बसको वान-डे-पास किनेर पूरा रुटहरू पत्ता लगाउँदै आधा लण्डन शहर घुम्यौं । कहिले नातिनी कियारालाई स्कुल छोड्न त कहिले फार्मर्स मार्केटमा तरकारीहरू किनमेल गर्न । कहिले रेडिन्ग्समा भएको नेपाली रेस्टुरेन्ट सपनामा लन्च गर्न । सपनाको खाना त मिठै थियो, तर सञ्चालकको बानी मन परेन । जापान जसरी ग्राहकहरूलाई व्यवहार गरिन्छ, त्यहाँ त्यस्तो थिएन ।
१० तारिख दिनभरी सिटी-सेन्टर, पाउण्ड ल्याण्ड र प्राइममार्क सुपर मार्केट डुल्दै कफी र र्याप खाँदै गफ गर्दै हामी निस्कियौं, बजारबाट कियारालाई पिक-अप गर्न स्कुल तर्फ। यो दिन पनि बाँकी रहेको आधा लण्डन घुमेर सकियो तर डबल टेकर बसमा घुम्ने र मन लागे जस्तो भिडियो खिच्न अझै सकिएको थिएन।

त्यसपछि बिहीबार बेलुका सचिनसँग डिनर जाने योजना बन्यो। हामी बेलैमा बिहानको खाना खाएर निस्कियौं दिनभर उत्तरी लण्डन डुल्न । राति ७ बजेतिर थकित भएर नातिनीलाई पिक-अप गरी रेडिन्ग फर्कियौं । सबैजना नजिकै रहेको साउथ अफ्रिकन रेस्टोरेन्टमा डिनर गर्न गयौं, त्यसको नजिकै जापानी रेस्टोरेन्ट ‘वागामामा’ र ‘मारुगामे उदोन्ग’ पनि थियो तर सबैको रोजाइमा साउथ अफ्रिकन रेस्टुरेन्ट नै पर्यो।
लण्डनको अपार्मेन्टहरूमा धाराको पानी बग्ने पाइप सिस्टममा अलि समस्या नै रहेछ । जापानको जस्तो जति धारा खोले पनि घ्वारघ्वार पानी नजाने । हरेक पल्ट कि त प्लम्बर बोलाउन पर्थ्यो कि पम्पले पानी तानेर फ्याल्न पर्थ्यो ।
तर घरमा चाहिने सामान भने अनलाइनबाट मगाएको १५ देखि २० मिनेट भित्रमा आइपुग्ने । कत्ति छिटो अनि सजिलो र डेलिभरी चार्ज पनि खासै नलाग्ने । यो कुरा मलाई खुबै मन पर्यो लण्डनको। यतायातको सुविधा पनि दुनियाँको नम्बर वन ।
पाँच दिन रेडिन्ग बस्दा ड्राइभ गर्ने कन्फिडेन्स पनि बढेर आइसकेको थियो । तरिका निकै सजिलो, लेफ्ट हान्ड ड्राइभिङ अनि सिग्नल कति तल हातैले समाउन मिल्ने जस्तो जस्तो ।
११ तारिख छोरी मलाई लिन आई कामबाट सिधै रेडिन्गमा । एकरात सँगै बसेर हामी फर्कियौं छोरीको अपार्टमेन्ट टावर-ब्रिज स्टेशन सेन्ट्रल लण्डनतर्फ। अन्डर ग्राउण्ड ट्रेन, रेडिन्गबाट लिभरपुल स्ट्रीट स्टेशन हुँदै, त्यसपछि डबल टेकर बस चढेर हामी लाग्यौं छोरीको अफिसियल अपार्टमेन्टतिर।
१२ तारिख आइतबार हामी बकिन्गघम प्यालेस, चाइना टाउन र इम्पेरर क्यासिनो डुल्न गयौं । राति श्रीराम रायमाझीसँग भेटेर डिनर खाएर घर फर्कियौं। १३ तारिख सोमबार भाइ फेरि मलाई लण्डन डुलाउन लिन आयो, त्यो दिन हामी ब्रिटिश म्यूजियम गयौं।
मलाई भने ‘नेपाल कर्नर’ खुब हेर्न मन लागेको थियो । नेपालका धेरै जसो महत्वपूर्ण वस्तुहरू, मूर्ती र दस्तावेजहरू ब्रिटिश म्यूजियममा छ भन्ने हल्ला धेरै सुनेको थिएँ । तर हल्ला भएजस्तो केही त्यस्तो देखिएन । त्यो बेक्कारको अफवाह रहेछ भन्ने पुष्टि भयो ।
३ बजेपछि कृष्ण बजगाँइ दाइ मलाई भेट्न त्यहीं आउनुभयो । हामी केहीबेर संग्राहलय अवलोकन गरी बाटोमा चिया, कफी पिई छुट्टियौं । म १८८ नम्बरको बस चढी एक्लै ड्रुड स्ट्रिटसम्म फर्किएँ ।
मंगलबार म एक्लै लण्डन डुल्न निस्किएँ, घरबाट ४२ नम्बरको बस चढी लिभरपुल स्ट्रीट स्रटेशन र त्यसपछि स्काई गार्डेन र होराइजन-२२, अर्थात् (हाम्रो टोकियोको तोचो-बिल्डिन्ग जस्तै) पूरा लण्डनको भ्यू देखिने ५८ तले भवन डुलेर, सम्झनाका लागि केही फोटो भिडियो खिचेर म फर्किएँ छोरीको निवासतर्फ।
बुधबार भाइ कुमार सिंखडा (जो जापानमा १४ वर्ष बसी लण्डन आउनुभएको थियो) सँग भेटी अलगेट स्टेशन बाहिर, चियाकफी थियौँ। त्यहाँबाट म सुमन खरेल दाइलाई भेट्न ह्यारो-इन-द-हिल स्टेशनतर्फ लागेँ।

सुमन दाइसँग मेरो स्कुल पढ्दा देखिको चिनजान हो । उहाँ मेरो बाल्यकालकी साथी रचना खरेलको दाइ हुनुहुन्छ ।दाइलाई मेरो हालसालै प्रकाशित भएको किताब ‘संघर्ष १०१’ उपहार दिएँ । दाइको किताब ‘रेडियो यात्रा’ उपचार पाएँ । फर्केर म टावर ब्रिज स्टेशनतर्फ आएँ।
१४ तारिख म एक्लै ड्युड प्यालेसबाट रेल चढेर बेकर स्ट्रिटसम्म गएँ । त्यहाँबाट ३ मिनेट पैदल हिँडेर म्याडम टुसाउड। म्याडम टुसाउड सन् १८३५ मा फ्रेन्च मूर्तिकार मारिए टुसाउडलले मैनबाट बन्ने बनाएको मानव आकृति र कदको आकर्षक देख्न सकिने मैन संग्राहलय हो । यो मैन संग्राहलय संसारको २३ वटा स्थानमा भए पनि विश्व प्रसिद्ध चाहिँ लण्डन, न्यूयोर्क र जापानको टोकियोमा छ ।
हुन त यस्ता संग्रहालयहरू मैले न्यूयोर्क र जापानमा हेरिसकेको थिएँ तर जतिचोटी हेरेपनि रमाइलो लाग्ने । त्यही देशको सम्झना स्वरूप मनमा सजाउनका लागि । यसरी मैले बाँकी रहेको लण्डन पनि एक्लै डुलेर सकें । एक्लै डुल्न सक्ने मेरो हिम्मतको छोरीले तारिफ गर्दै थिइ। कारण ऊ काममा अत्यधिक व्यस्त हुन्थी । म एक्लै डुल्नुको विकल्प थिएन।
शिक्षाको महत्व मैले पूर्णरुपमा फेरि बुझें एकपटक जिन्दगीमा। मलाई पढाइ लेखाइ सक्षम बनाउने मेरो आमा बुबालाई फेरि एकपटक धन्यवाद दिएँ ।
१६ तारिख घर नजिकैको वरिपरि डुलें । जापान फर्किने तयारीसहित साथीभाइलाई केही चकलेट तथा केही उपहारहरू किनेर साँझ घर फर्कें । खाना बनाउन झ्याऊ लाग्यो । फेरि हामी नजिकै रहेको ‘सोल- टोकियो’ नामक कोरियन रेस्टुरेन्टमा डिनर खान गयौं । खाना ठिकै थियो, धेरै दिनदेखि जापानी खाना मिस गरिरहेकाले मलाई अलिकति भए पनि यसले न्यास्रो मेटाइदियो ।
१८ तारिख शनिबार हामी पूरा लण्डन साइट सिन गयौं । दुई जनाको ७५ पाउण्ड तिरी छोरीले बुक गरेकी थिइन् यो प्याकेज । त्यो दिन पनि मलाई साह्रै रमाइलो भयो पूरा लण्डन डुलेर सकें जस्तो अनुभूति भइराखेको थियो।
अँग्रेजीमा उद्घोषण सुन्दै बिग ब्याण्डको बारेमा अलि चाख दिएर सुनें । बिग ब्याण्ड भनेको लण्डनमा ठूला-ठूला लाइभ म्यूजिक शोहरू हुने स्थल रहेछ ।
यो स्थल इङ्ल्याण्डको धनी ज्याज संगीत सम्पदा स्थल पनि रहेछ। यहाँ उच्च-प्रोफाइल ज्याज म्यूजिसियनहरूका शोहरू देखाइँदा रहेछन्, जस्तो बीबीसीमा देखाइने कार्यक्रमहरू, बिग ब्यान्ड र बीबीसी प्रमोशनहरू सबै यहीं छायांकन गर्ने स्टुडियोहरू पनि रहेछ।
यहाँ सधैं चर्चित मिडियाहरूको उपस्थिति हुने रहेछ । लाइभ शो टेलिभिजनमा देखाउँदा रहेछन, जसमा स्थापित अर्केस्ट्राहरू, कलेजका समूहहरू, नयाँ ब्यान्डहरू र सार्वजनिक रुचिका प्रसिद्ध कार्यक्रमहरू देखाउने तथा रोयल अल्बर्ट हल र एब्बी रोड स्टुडियोजस्ता प्रसिद्ध कार्यक्रम देखाउने स्टुडियोहरू पनि यहीं रहेछन्।
प्रधानमन्त्रीको कार्यालय लण्डन आई, पूरा लण्डन देखिने रोटे पिङबाट हेर्ने दृष्य बकिन्गघम प्यालेस, लण्डन ब्रिज र अझै के-के हेरेर फर्कियौं हामी । त्यो दिन पैसाको पूरा सदुपयोग भयो र सन्तुष्टि पनि भरपूर।
बेलुका हाम्रो प्रतीक्षामा रहेको डिनर प्रोग्राम थियो, इन्डियन रेस्टुरेन्ट ‘डिस्युममा’ । तीन-तीन महिना अगाडि देखिको रिजर्भेशन हुने रहेछ लण्डनको यो साखामा । वाह ! खानाका लागि दिएँ मैले पूरा १० मा १० । त्यहाँको बिर्यानी, ल्याम चप, ओक्रा फ्राइ, लिम्का र पिसताचिओ क़ुल्फी । यति मिठो खाना त मैले जिन्दगीमा खाएको थिइनँ ।
१९ तारिख अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूकेले आयोजना गरेको लक्ष्मी जयन्ती २०८२ कार्यक्रममा सहभागिता जनाएँ । धेरै धन्यवाद राज श्रेष्ठ जी, रुपक श्रेष्ठ जी माया गुरुन्ग जी र गुल्मी रेस्टुरेन्ट परिवारलाई यो मिठो खाना र यो आतिथ्यताका लागि।
घर फर्केर आइ भोलिपल्ट उडानको तयारी गर्न थालें । भोलिपल्ट ६:३० मा मेरो क्याव लिन आयो मलाई हिथ्रो एअरपोर्ट पुर्याउनलाई । गएको बाटो हुँदै म लागें घर टोक्योतर्फ
र सुरु भयो मेरो बीस घण्टे हवाईजहाजको यात्रा । लण्डन टु क्वालालम्पूर र क्वालालम्पूर टु टोकियो।
प्रतिक्रिया 4