+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
0/0
Shares

अनलाइनलाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै

प्रहरीमा दैनिक पर्ने गरेका डिजिटल हिंसाका ८ मध्ये एक उजुरी अनलाइनबाट यौन दुर्व्यवहारमा परेको भन्ने रहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते ११:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साइबर ब्यूरो भोटाहिटीका अनुसार डिजिटल हिंसासँग सम्बन्धित आठ उजुरीमध्ये एउटा अनलाइनबाट यौन दुर्व्यवहारसँग सम्बन्धित छ।
  • प्रहरी नायव निरीक्षक राधिका ठकुरीले महिलाहरू पुरुषको तुलनामा बढी डिजिटल हिंसामा पीडित रहेको बताउनुभयो।
  • किशोरीहरूलाई लक्षित गरी सामाजिक सञ्जालमा प्रलोभन देखाएर अनलाइनबाट यौन दुर्व्यवहार र ठगीको घटनाहरू बढ्दो छन्।

१८ मंसिर, काठमाडौं । सामाजिक सञ्जालका विभिन्न प्लाटफर्मलाई माध्यम बनाएर यौन दुर्व्यवहारजन्य गतिविधि र त्यसबाट पीडित हुनेहरू बढ्दो क्रममा रहेको प्रहरीले जनाएको छ ।

साइबर ब्यूरो भोटाहिटीको तथ्यांकअनुसार डिजिटल हिंसासँग सम्बन्धित आठ वटा उजुरीमध्ये एउटा अनलाइनबाट यौन दुर्व्यवहारसँग सम्बन्धित छ ।

साइबर ब्यूरो भोटाहिटीमा कार्यरत प्रहरी नायव निरीक्षक राधिका ठकुरी डिजिटल हिंसामा पुरुषको तुलनामा महिला बढी पीडित रहेको बताउँछिन् । यसमा पनि बालिकाहरूमाथि अनलाइनबाट यौनजन्य दुर्व्यवहार हुने गरेको छ ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत तरंगिनी महिला अधिकार प्रशिक्षण केन्द्रले बुधबार काठमाडौंमा अन्तरक्रियात्मक कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा प्रस्तुतीकरण गर्दै प्रहरी नायव निरीक्षक राधिका ठकुरीले साइबर ब्यूरोमा पर्ने उजुरीको अवस्था र त्यसको प्रवृत्तिबारे जानकारी गराएकी थिइन् ।

उनका अनुसार किशोरीहरू लक्षित गरेर हिंसाजन्य कार्य हुनेक्रम बढ्दो छ । सामाजिक सञ्जालमार्फत किशोरीहरूसँग जोडिने र नग्न फोटो लिएर त्यसैलाई दुरुपयोग गरेर यातना दिने कार्य फैलिँदो छ । यस्तो हुँदा कतिपय किशोरीहरू डिप्रेसनमा समेत पुग्ने गरेको समेत छ ।

तथ्यांकमा उल्लेख भएअनुसार कक्षा ९/१० पढ्ने बालबालिकासँग अनलाइलाइनबाट जोडिने र अनलाइनमै कुरा गरेर प्रलोभन देखाएर फसाउने प्रवृत्ति बढ्दो छ ।

अनलाइनमा परिचय भएको आधारमै प्रेमविवाह गरी अर्को देशमा पुर्‍याउने र सेक्स वर्करको रूपमा काममा लगाउने प्रवृत्ति समेत देखिएको छ ।

यसबाहेक डिजिटल ठगी पनि उत्तिकै बढ्दो छ । प्रहरी नायव निरीक्षक ठकुरीका अनुसार विदेशबाट सामान पठाएको र एयरपोर्टमा कर तिर्नका लागि केही पैसा भनेर माग्नेदेखि पुरस्कार परेको भनेर छक्याएर पैसा ठगीका घटनाहरू पाइएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?