
News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाको न्यू साउथ वेल्सका पूर्व सांसद गेरेथ वार्डलाई दुई युवामाथि यौन दुर्व्यवहारको दोषी ठहर भएपछि जेल चलान गरिएको छ।
- एनएसडब्लु जिल्ला अदालतको जुरीले वार्डलाई एक पटक जबरजस्ती करणी र तीन पटक अश्लील दुर्व्यवहार गरेको अभियोगमा दोषी ठहर गरेको थियो।
- एनएसडब्लु प्रिमियर क्रिस मिन्सले वार्डले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् र कानुनी सल्लाहअनुसार उनलाई संसदबाट हटाउन सकिने बताए।
१४ साउन, काठमाडौं । अस्ट्रेलियाको न्यू साउथ वेल्सका पूर्व सांसद गेरेथ वार्डलाई दुई युवामाथि यौन दुर्व्यवहारको दोषी ठहर भएपछि जेल चलान गरिएको छ। ४४ वर्षीय वार्डलाई जुलाईमा एनएसडब्लु जिल्ला अदालतको जुरीले एक पटक जबरजस्ती करणी र तीन पटक अश्लील दुर्व्यवहार गरेको अभियोगमा दोषी ठहर गरेको थियो।
बुधवार न्यायाधीश कारा शेडले उनलाई सजाय तोकिनुअघि नै जेल पठाउने आदेश दिइन्। वार्डका वकिल एड्वर्ड एन्डरसनले उनी सार्वजनिक व्यक्ति भएको र यौन अपराधका कारण जेलमा निशाना बन्न सक्ने भन्दै धरौटीमा राख्न अनुरोध गरेका थिए। तर न्यायाधीशले सुरक्षा उपाय अपनाउन सकिने भन्दै त्यो अनुरोध अस्वीकार गरिन्।
वार्डको दृष्टि कमजोर रहेको कारण पनि उनलाई छुट दिन अनुरोध गरिएको थियो, तर अदालतले त्यो पनि अस्वीकार गर्यो। अदालतमा प्रमाणित भएको घटनाअनुसार सन् २०१३ मा वार्डले एक १८ वर्षीय मदिरा पिएका युवकलाई आफ्नो घर बोलाई रातभर तीनपटक यौन दुर्व्यवहार गरेका थिए।
त्यसपछि सन् २०१५ मा उनले एक राजनीतिक कर्मचारीमाथि संसद भवनमै यौन दुर्व्यवहार गरेका थिए।
सोमबार, एनएसडब्लु प्रिमियर क्रिस मिन्सले वार्डले तत्काल राजीनामा दिनुपर्ने माग गरे। उनले कानुनी सल्लाहअनुसार आवश्यकता परेमा उनलाई संसदबाट हटाउन सकिने बताए।
वार्डले हालसम्म सजाय पाएका छैनन् र अपील गर्ने समय अझै बाँकी छ। उनले २०११ देखि कीआमा क्षेत्रबाट तीनपटक लिबरल पार्टीबाट चुनाव जितेका थिए र २०२३ मा स्वतन्त्र उम्मेदवारका रूपमा जितेका थिए।
-नाइन न्युज अस्ट्रेलिया
प्रतिक्रिया 4