+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
0/0
Shares

‘ब्याड बन्नी’ बने सन् २०२५ मा धेरै सुनिने संगीतकर्मी, १९.८ अर्ब पटक सुनियो

उनी लगातार चौंथो वर्ष धेरै सुनिने संगीतकर्मीको स्पोटीफाई सूचीमा सामेल भएका हुन् । लगातार चौंथो वर्ष धेरै सुनिने रेकर्ड पनि उनको नाममा रहेको स्पोटीफाईले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते ११:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पोटिफाईले सन् २०२५ को सबैभन्दा धेरै सुनिएका संगीतकर्मी प्योर्टो रिकन स्टार ब्याड बन्नी भएको जनाएको छ।
  • ब्याड बन्नीको एल्बम ‘डेबी तिरार मास फोटोस’ वर्षको सबैभन्दा धेरै सुनिने एल्बम बनेको छ।
  • स्पोटिफाई र्‍याप्डले प्रयोगकर्ताको संगीत र पोडकास्ट सुन्ने बानीको व्यक्तिगत तथ्यांक उपलब्ध गराउँछ।

काठमाडौं । यस वर्षको ‘स्पोटिफाई र्‍याप्ड’ रिलिज गरिएको छ, जसले प्रशंसकलाई गत वर्ष उनीहरूको संगीत सुन्ने बानीको व्यक्तिगत तथ्यांक पनि उपलब्ध गराउँछ ।

उक्त स्ट्रिमिङ प्लाटफर्मका अनुसार, प्योर्टो रिकन स्टार ब्याड बन्नी सन् २०२५ मा विश्वमा सबैभन्दा धेरै सुनिएका संगीतकर्मी बनेका छन् । उनलाई १९.८ अर्ब भन्दा धेरैपटक सुनिएको छ ।

उनको प्रशंसित एल्बम ‘डेबी तिरार मास फोटोस’ स्पोटीफाई सूचीमा वर्षको सबैभन्दा धेरै सुनिने एल्बम पनि बनेको छ । यो सफलतापछि ब्याड बन्नीलाई अर्को वर्षको बहुचर्चित सांगीतिक कार्यक्रम सुपर बाउल हाफ टाइममा पनि प्रस्तुति दिने बाटो पनि खुला भएको छ ।

उनी लगातार चौंथो वर्ष धेरै सुनिने संगीतकर्मीको स्पोटीफाई सूचीमा सामेल भएका हुन् । लगातार चौंथो वर्ष धेरै सुनिने रेकर्ड पनि उनको नाममा रहेको स्पोटीफाईले जनाएको छ ।

यसवर्ष सबैभन्दा धेरै सुनिने सूचीको दोस्रो स्थानमा छिन् टेलर स्विफ्ट । तेस्रो स्थानमा विकेन्ड, चौंथोमा ड्रेक, पाँचौमा बिली इलिस, छैटौंमा केन्ड्रिक लामार, सातौंमा ब्रुनो मार्स, आठौंमा एरियाना ग्रान्डे, नवौंमा अरिजित सिंह, दशौंमा फुएज रिजिडा र एघारौंमा लेडी गागा छन् ।

स्पोटीफाई र्‍याप्ड पहिलो पटक सन् २०१६ मा सुरु भएको थियो, र हरेक वर्ष वृहत हुँदै गैरहेको छ ।

यसले प्रयोगकर्ताको सबैभन्दा धेरै बजाइएका गीतहरू, मनपर्ने कलाकारहरू र शीर्ष पोडकास्टहरू छुट्याउन उनीहरूको सुन्ने बानीको विवरण संकलन गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?