News Summary
Generated by OK AI. Editorially reviewed.- बिहीबार सुनचाँदीको मूल्य घटेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदीको भाउ प्रतितोला ३ हजार ६२५ रुपैयाँ तोकेको छ।
- सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको छ।
१८ मंसिर, काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।
अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला ३ हजार ६५५ रुपैयाँ पुगेको चाँदी आज तोलामा ३० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज चाँदीको भाउ प्रतितोला ३ हजार ६२५ रुपैयाँ तोकेको छ ।
त्यस्तै सुन तोलामा ८ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ रहेको सुन आज २ लाख ५३ हजार ३ सय रुपैयाँमा झरेको छ । सुनको भाउ यसअघि असोज ३१ गते हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4