News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ प्रतितोला २ लाख ४३ हजार रुपैयाँ तोकेको छ।
- सुनको भाउ एक सातामा ७ हजार २ सय रुपैयाँ घटेर कात्तिक २७ गते २ लाख ५० हजार २ सय रुपैयाँमा पुगेको थियो।
- चाँदीको भाउ बिहीबार प्रतितोला ३५ रुपैयाँ बढेर ३१८५ रुपैयाँ कायम भएको छ।
४ मंसिर, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका सुनको भाउ प्रतितोला २ लाख ४३ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ४२ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । एक सातामा भने सुनको भाउ ७ हजार २ सय रुपैयाँ घटेको छ । कात्तिक २७ गते सुनको भाउ २ लाख ५० हजार २ सय रुपैयाँ थियो । त्यस्तै असोज ३१ गते हालसम्मकै उच्च मूल्य २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनेको छ ।
चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३१५० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ३१८५ रुपैयाँ कायम भएको छ । यसअघि असोज ३१ गते चाँदी ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4