+
+
Shares

सुनचाँदीको भाउ घट्ने क्रम जारी

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते ११:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ प्रतितोला १ हजार ८ सय रुपैयाँ घटेर २ लाख ९२ हजार ७ सय रुपैयाँ तोकेको छ।
  • तीन दिनमा सुनको भाउ ७ हजार ८ सय रुपैयाँ घटेको छ, जसमा मंगलबार र बुधबार पनि क्रमशः ३ हजार रुपैयाँ घटेको थियो।
  • चाँदीको भाउ पनि घटेर प्रतितोला १०५ रुपैयाँले कमि भएर ४ हजार ८१० रुपैयाँमा झरेको छ।

१७ वैशाख, काठमाडौं । बिहीबार पनि सुनचाँदीको भाउ घट्ने क्रम जारी रह्यो । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १ हजार ८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ९४ हजार ५ सयमा कारोबार भएको थियो । हिजो सुनको भाउ ३ हजार घटेको थियो भने मंगलबार पनि ३ हजार घटेको थियो । समग्र तीन दिनमा सुनको भाउ ७ हजार ८ सय रुपैयाँ घटेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १०५ रुपैयाँ घटेसँगै ४ हजार ८१० रुपैयाँमा झरेको छ । अघिल्लो दिन ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो । गत बिहीबार चाँदी प्रतितोला ५ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?