News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली बजारमा आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेर २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
- आइतबार सुनको भाउ प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ थियो।
- सोमबार चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर ५ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ।
२१ वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुन प्रतितोला ३ सय रुपैयाँ घटेको हो । योसँगै आज छापावाला सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै सोमबार चाँदीको भाउ भने बढेको छ । चाँदी प्रतितोला २० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै चाँदी प्रतितोला ५ हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4