+
+
Shares

सस्तियो गोलभेँडा, किलोको कति ?

कालीमाटी तरकारी बजार विकास समितिका अनुसार भारतीय सानो गोलभेँडाको भाउमा सबैभन्दा धेरै गिरावट देखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १२:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले गोलभेँडाको भाउ एकैदिन १० देखि १३ प्रतिशतसम्म घटेको तथ्यांक सार्वजनिक गरेको छ।
  • भारतीय सानो गोलभेँडाको भाउ सोमबार प्रतिकिलो ८२ रुपैयाँबाट १३.१३ प्रतिशतले घटेर मंगलबार ७१ रुपैयाँ कायम भएको छ।
  • तराईको सानो गोलभेँडाको मूल्य १२.८६ प्रतिशतले घटेर प्रतिकिलो ८७ रुपैयाँबाट ७६ रुपैयाँ २५ पैसामा झरेको छ।

६ माघ, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउ घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार  गोलभेँडाको भाउ एकैदिन १० देखि १३ प्रतिशतसम्म घटेको छ ।

समितिका अनुसार भारतीय सानो गोलभेँडाको भाउमा सबैभन्दा धेरै गिरावट देखिएको छ । हिजो सोमबार प्रतिकिलो ८२ रुपैयाँ रहेको यसको औसत मूल्य १३.१३ प्रतिशतले घटेर आज मंगलबार ७१ रुपैयाँ कायम छ।

त्यसैगरी तराईको सानो गोलभेँडाको मूल्यमा पनि १२.८६ प्रतिशतको गिरावट आएको छ । हिजो प्रतिकिलो ८७ रुपैयाँ बिक्री भएको यो गोलभेँडा आज ७६ रुपैयाँ २५ पैसामा झरेको छ ।

स्थानीय उत्पादनतर्फ सानो गोलभेँडा (लोकल) को मूल्य १०.२० प्रतिशतले घटेर ५५ रुपैयाँ कायम भएको छ, जुन हिजो ६१ रुपैयाँ थियो । टनेलको सानो गोलभेँडा पनि ८.८९ प्रतिशतले घटेर प्रतिकिलो ८२ रुपैयाँमा कारोबार भइरहेको छ।

साना गोलभेँडाको भाउ घट्दा भारतीय ठूलो गोलभेँडाको मूल्यमा भने स्थिर छ । यसको औसत मूल्य प्रतिकिलो ९५ रुपैयाँ नै कायम रहेको तथ्यांकले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?