+
+
Shares

किवी र सरिफाको मूल्य बढ्यो

आज सोमबार किवीको मूल्य प्रतिकिलो थोकमा औसत ७५ रुपैयाँ बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १३:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्थानीय बजारमा किवीको मूल्य सोमबार प्रतिकिलो थोकमा ७५ रुपैयाँले बढेर ३०० रुपैयाँ पुगेको छ।
  • सरिफाको मूल्य पनि सोमबार प्रतिकिलो थोकमा १५ रुपैयाँले बढेर १९० रुपैयाँ कायम भएको छ।

१४ पुस, काठमाडौं । स्थानीय बजारमा किवी र सरिफाको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले सोमबार यी दुई फलको मूल्य बढेको देखाएको हो ।

आज सोमबार किवीको मूल्य प्रतिकिलो थोकमा औसत ७५ रुपैयाँ बढेको छ ।

हिजो आइतबार किवी प्रतिकिलो थोकमा २ सय २५ रुपैयाँमा किनबेच भएको थियो । आज सोमबार भने किलोको ३ सय रुपैयाँ कायम छ ।

यस्तै सोमबार सरिफाको मूल्य पनि बढेको छ । हिजो आइतबार प्रतिकिलो थोकमा औसत १ सय ७५ रुपैयाँमा किनबेच भएको सरिफा आज १५ रुपैयाँ बढेर १ सय ९० रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?