+
+
Shares

प्याजको भाउ बढ्यो

आज आइतबार भने प्याजको भाउ प्रतिकिलो थोकमा न्यूनतम ५२ देखि अधिकतम ५७ र औसत ५४ रुपैयाँ कायम छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १२:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्थानीय बजारमा सुकेको प्याजको भाउ प्रतिकिलो औसत ६ रुपैयाँले बढेर ५४ रुपैयाँ पुगेको छ।
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार मंसिर अन्तिम साता प्याजको औसत भाउ ४२ रुपैयाँ थियो।
  • अहिले कालीमाटी बजारमा भारतबाट मात्र सुकेको प्याज आइरहेको छ र भारतीय बजारको मूल्य घटबढले नेपाली बजारमा पनि प्रभाव पार्ने व्यवसायीहरूले बताएका छन्।

१३ पुस, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सुकेको प्याजको भाउ बढेको देखाएको हो ।

आज आइतबार प्याजको भाउ प्रतिकिलो औसत ६ रुपैयाँ बढेको छ । हिजो शनिबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ४० देखि अधिकतम ५८ र औसत ४८ रुपैयाँमा किनबेच भएको थियो ।

आज आइतबार भने प्याजको भाउ प्रतिकिलो थोकमा न्यूनतम ५२ देखि अधिकतम ५७ र औसत ५४ रुपैयाँ कायम छ ।

मंसिर अन्तिम साता सुकेको प्याज न्यूनतम ३८ देखि अधिकतम ४५ र औसत ४२ रुपैयाँमा किनबेच भएको थियो ।

कात्तिक दोस्रो साता भने प्याज प्रतिकिलो थोकमा न्यूनतम ३४ देखि अधिकतम ३५ रुपैयाँमा किनबेच भएको थियो ।

अहिले कालीमाटी बजारमा भारतबाट मात्रै सुकेको प्याज आइरहेको छ । भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा नेपाली बजारमा पनि मूल्य घटबढ हुने व्यवसायीहरू बताउँछन् ।

थोक मूल्य बढेसँगै बजारमा प्याजको खुद्रा मूल्य पनि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?