+
+
Shares

घिउसिमीको मूल्य घट्यो

आज घिउसिमी किलोको १ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज शुक्रबार घिउसिमीको थोक मूल्य प्रतिकिलो १५ रुपैयाँ घटेर १ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ।
  • हिजो बिहीबार घिउसिमी लोकलको थोक मूल्य १ सय ८५ रुपैयाँ थियो भने कात्तिक तेस्रो साता यो मूल्य ९५ रुपैयाँ थियो।
  • घिउसिमी हाइब्रिडको मूल्य आज प्रतिकिलो १ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ।

५ मंसिर, काठमाडौं । स्थानीय बजारमा घिउसिमीको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज शुक्रबार घिउसिमीको थोक मूल्य घटेको हो ।

आज घिउसिमी लोकलको भाउ प्रतिकिलो थोकमा १५ रुपैयाँ घटेको छ । हिजो बिहीबार किलोको १ सय ८५ रुपैयाँमा किनबेच भएको थियो । आज भने १ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै घिउसिमी हाइब्रिड भने प्रतिकिलो १ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

कात्तिक तेस्रो साता भने घिउसिमी किलोको ९५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?