+
+
Shares

कोइरालोको भाउ बढ्यो, किलोको कति ?

वैशाख पहिलो साता भने कोइरालो थोकमा प्रतिकिलो ३ सय ५० रुपैयाँसम्म किनबेच भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २७ गते ११:०४

२७ वैशाख, काठमाडौं । स्थानीय बजारमा कोइरालोको भाउ बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आइतबार कोइरालोको भाउ प्रतिकिलो १९ रुपैयाँ बढेको हो ।

आज आइतबार कोइरालो थोकमा प्रतिकिलो औसत ३ सय ३५ रुपैयाँमा किनबेच भएको छ । हिजो शनिबार ३ सय १६ रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै वैशाख पहिलो साता भने कोइरालो थोकमा प्रतिकिलो ३ सय ५० रुपैयाँसम्म किनबेच भएको थियो ।

फागुन दोस्रो सातादेखि बजारमा कोइरालो आउन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?