News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आइतबार अदुवा र लसुनको मूल्यमा वृद्धि भएको छ।
- अदुवाको मूल्य प्रतिकिलो थोकमा औसत ३४ रुपैयाँले बढेर १ सय १४ रुपैयाँ पुगेको छ।
- सुकेको नेपाली लसुनको मूल्य पनि प्रतिकिलो थोकमा औसत २० रुपैयाँले बढेर १ सय ५ रुपैयाँ पुगेको छ।
२७ वैशाख, काठमाडौं । स्थानीय बजारमा अदुवा र लसुनको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार अदुवा र लसुनकोे मूल्यमा बढोत्तरी भएको देखाएको हो ।
समितिको तथ्यांक अनुसार आज आइतबार अदुवाको मूल्य प्रतिकिलो थोकमा औसत ३४ रुपैयाँ बढेको छ ।
हिजो शनिबार अदुवा प्रतिकिलो थोकमा न्यूनतम ६० देखि अधिकतम १ सय र औसत ८० रुपैयाँमा किनबेच भएको थियो ।
आज भने अदुवा प्रतिकिलो थोकमा न्यूनतम १ सयदेखि अधिकतम १ सय २० र औसत १ सय १४ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै आइतबार बजारमा सुकेको नेपाली लसुनको मूल्य पनि प्रतिकिलो थोकमा २० रुपैयाँ बढेको छ । हिजो शनिबार लसुन प्रतिकिलो थोकमा न्यूनतम ८० देखि अधिकतम ९० र औसत ८५ रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै आज आइतबार भने सुकेको नेपाली लसुन प्रतिकिलो थोकमा न्यूनतम ९० देखि अधिकतम १ सय २० र औसत १ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया 4