News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुलीको दुधौली नगरपालिका-४ पाखाभित्ता बस्ने ७० वर्षीय पूर्णबहादुर बुढाथोकीलाई चट्याङ लागेर मृत्यु भएको छ।
- बुढाथोकी मकै बारीमा घाँस काट्न गएका बेला बोल्न नसक्ने गरी ढलेका थिए।
- इलाका प्रहरी कार्यालय डकाहाबाट उद्धार गरी नगर अस्पताल सिर्थौली पठाइएका बुढाथोकीको अस्पतालमा मृत्यु घोषणा गरिएको छ।
२७ वैशाख, काभ्रेपलाञ्चोक । सिन्धुलीमा शनिबार साँझ चट्याङ लागेर एकको मृत्यु भएको छ ।
सिन्धुलीको दुधौली नगरपालिका-४ पाखाभित्ता बस्ने वर्ष ७० को पूर्णबहादुर बुढाथोकीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।
मकै बारीमा घाँस काट्न गएका बुढाथोकी बोल्न नसक्ने गरी ढलिरहेको अवस्थामा फेला परेका थिए ।
इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरी टोलीले घाइते अवस्थामा उद्धार गरी उपचारको लागि नगर अस्पताल सिर्थौली पठाएकोमा अस्पतालको चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4