+
+
Shares

सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते ७:३३

१४ वैशाख, सिरहा। सिरहाको मिर्चैया नगरपालिका-९ भगवानपुर टोलमा चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन्।

मंगलबार राति करिब साढे १० बजे परेको चट्याङले अन्दाजी ३० वर्षीया रंजितादेवी सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनका श्रीमान् ३५ वर्षीय मिथिलेश सदा घाइते भएका छन् ।

रंजिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शरीरमा बाहिरी चोटपटक भने देखिएको छैन । घाइते भएका मिथिलेशको स्थानीय मेडिकलमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।

प्रहरीले मृतकका माइती पक्षलाई घटनाबारे जानकारी गराइसकिएको छ ।

-सुरेश रायबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?