+
+
Shares

४० प्रतिशतसम्म सस्तियो साग

सबैभन्दा धेरै मेथीको सागको मूल्यमा ४० प्रतिशतको गिरावट आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १०:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार पछिल्लो एक महिनामा सबै प्रकारका सागको भाउमा उल्लेखनीय गिरावट आएको छ।
  • मेथीको सागको मूल्य ४० प्रतिशतले घटेर १९ माघमा प्रतिकिलो ७५ रुपैयाँबाट १९ फागुनमा ४५ रुपैयाँमा झरेको छ।
  • पालुंगो, चम्सुर, रायो र तोरीको सागको मूल्य क्रमशः ३३.३३, ३०.७७, २७.२७ र २० प्रतिशतले घटेको छ।

१९ फागुन, काठमाडौं । स्थानीय बजारमा सागको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार पछिल्लो एक महिना अवधिमा सबै प्रकारका सागको भाउमा उल्लेखनीय गिरावट आएको हो ।

बजारमा रायो साग, पालुंगो साग, चम्सुर साग, तोरीको साग र मेथीको साग किन्न पाइन्छ ।

तथ्यांक अनुसार सबैभन्दा धेरै मेथीको सागको मूल्यमा ४० प्रतिशतको गिरावट आएको छ । १९ माघमा प्रतिकिलो औसत ७५ रुपैयाँ रहेको मेथीको साग १९ फागुनमा ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै पालुंगो सागको मूल्यमा ३३.३३ प्रतिशतले गिरावट आएको छ । १९ माघमा ५२.५० रहेको पालुंगो १९ फागुनमा ३५ रुपैयाँमा झरेको छ । चम्सुर सागको मूल्य पनि ३०.७७ प्रतिशतले घटेको छ । माघमा ६५ पर्ने चम्सुर साग अहिले ४५ रुपैयाँमा किन्न पाइन्छ ।

यसैगरी रायो सागको मूल्य २७.२७ प्रतिशत घटेर २७ बाट २० रुपैयाँमा आएको छ । तोरीको सागमा पनि २० प्रतिशतको गिरावट आएको छ । १९ माघमा प्रतिकिलो २५ रुपैयाँ रहेको तोरीको साग १९ फागुनमा २० रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?