+
+
Shares

इरानबारे २० तथ्य : सर्वाधिक नाकको शल्यक्रिया, मध्यपूर्वको पहिलो कण्डम कारखाना

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १९:१०
इरानको डेना पर्वत श्रृंखला ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरान मध्य पूर्वको पुरानो सभ्यता भएको देश हो, जहाँ २७ वटा विश्व सम्पदा सूचीकृत छन् र ९ करोडभन्दा बढी जनसंख्या छ।

पश्चिम एसियामा रहेको इरान यतिबेला युद्धका कारण चर्चामा छ । अमेरिका समर्थित इजरायलले इरानमा आक्रमण गर्दा यहाँका प्रमुख नेतासहित उच्चपदस्थ अधिकारीहरूको मृत्यु भएको छ । आफ्नो देशमा आक्रमण भएपछि इरानले खाडी देशमा रहेका अमेरिकी सैन्य शिविरलाई निशाना बनाइरहेको छ । इरान–अमेरिकाबीचको द्वन्द्व लामो समयदेखि चल्दै आएको थियो ।

नेपाल भन्दा करिब ११ गुणा ठूलो यो देशमा  ९ करोड बढी जनसंख्या रहेको छ । तेल र प्राकृतिक ग्यास भण्डारले सम्पन्न यो देश निकै पुरानो मानव सभ्यता बोकेको धर्ती मानिन्छ ।

युद्धका कारणले चर्चामा रहेको इरान विविध विशेषताले भरिएको मुलक हो ।

१. इरान मध्य पूर्व (पश्चिमी एसिया) मा अवस्थित छ । यो देश १९३५ सम्म पर्सिया नामले चिनिन्थ्यो ।

२. पुरातात्विक प्रमाण अनुसार इरानमा पूर्वऐतिहासिक कालदेखि नै मानव बसोबास रहेको थियो

३. इरान संसारका सबैभन्दा पुराना निरन्तर सभ्यताहरूमध्ये एक हो, इरानी पठारमा ६००० ई.पू. देखि बस्तीहरू थिए।

४. पर्सिया प्राचीन संसारको सबैभन्दा ठूलो साम्राज्यहरू मध्ये एक थियो ।

५. पर्शेपोलिस अचेमेनिड साम्राज्यको राजधानी थियो । यो संसारका उत्कृष्ट पुरातात्विक स्थलहरू मध्ये एक मानिन्छ ।

६. इरानका २७ वटा सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।

७. मेसेडोनियाका अलेक्जेन्डर द ग्रेटले करिब ई.पू. ३३० मा र मंगोलियाका चंगेज खानले इस्वी संवत १२१९ मा पर्सियालाई कब्जामा लिएका थिए ।

८. इरान र इराकबीच १९८० देखि १९८८ सम्म युद्ध चलेको थियो । जसमा करिब १० लाख भन्दा बढी मारिएको अनुमान छ ।

९. इरानमा पृथ्वीको सबैभन्दा तातो ठाउँहरू मध्ये एक लुट मरुभूमि छ ।

१०. उच्च तापक्रम भए पनि उत्तरी इरानको अल्बोर्ज पहाडमा उत्कृष्ट हिउँ भएका स्की रिसोर्टहरू छन् ।

११. इरानमा थम्ब्स–अप साइन अपमानजनक मानिन्छ ।

१२. इरानलाई नाक सर्जरीको हब भनिन्छ, राइनोप्लास्टीका लागि निकै प्रख्यात छ ।

१३. पोलो खेल इरानबाट सुरु भएको हो ।

१४. महंगो मसला केसरको उत्पादन गर्ने संसारको सबैभन्दा ठूलो उत्पाद इरान हो । केसरलाई ‘रातो सुन’ भनिन्छ ।

१५. एसियाटिक चितुवा अहिले इरानमा मात्रै पाइन्छ । यसको संख्या २०२२ मा १२ वटा मात्रै रहेको थियो ।

१६. इस्फहान इरानको सबैभन्दा ठूलो पर्यटकीय गन्तव्य हो ।

१७. इरान संसारका सबैभन्दा बढी शरणार्थी स्वीकार गर्ने देशहरू मध्ये एक हो ।

१८. इरान विश्वको चौथो ठूलो तेल भण्डार र दोस्रो ठूलो ग्यास भण्डार हो ।

१९. इरानमा पर्शियन रग निर्माणको लामो इतिहास छ । २००७ मा इरान कार्पेट कम्पनीले संसारको सबैभन्दा ठूलो हातले बुनेको कार्पेट बनायो ।

२०. केयान बोड प्लान्ट मध्य पूर्वको पहिलो कन्डम कारखाना हो । यसले लाखौं कन्डम उत्पादन गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?