+
+
Shares

एकैदिन २३ प्रतिशतसम्म बढ्यो हरियो खुर्सानीको मूल्य

माछे खुर्सानी आज शुक्रबार २३.०८ प्रतिशतले बढेर ८० रुपैयाँ पुगेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते १४:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सबै प्रकारका हरियो खुर्सानीको मूल्य बढेको तथ्यांक सार्वजनिक गरेको छ।
  • माछे खुर्सानीको मूल्य २३.०८ प्रतिशतले बढेर प्रतिकिलो ८० रुपैयाँ पुगेको छ।
  • बुलेट हरियो खुर्सानीको मूल्य १२ प्रतिशतले बढेर १४० रुपैयाँ र अकबरे खुर्सानीको मूल्य ५ प्रतिशतले बढेर ५२५ रुपैयाँ पुगेको छ।

१६ माघ, काठमाडौं । स्थानीय बजारमा हरियो खुर्सानीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार सबै प्रकारका खुर्सानीको भाउ बढेको देखिएको हो ।

सबैभन्दा बढी मूल्य माछे खुर्सानीमा वृद्धि भएको छ । हिजो बिहीबार प्रतिकिलो औसत ६५ रुपैयाँमा बिक्री भएको माछे खुर्सानी आज शुक्रबार २३.०८ प्रतिशतले बढेर ८० रुपैयाँ पुगेको छ।

त्यस्तै बुलेट हरियो खुर्सानीको मूल्य पनि १२ प्रतिशतको वृद्धि देखिएको छ। अघिल्लो दिन प्रतिकिलो १ सय २५ रुपैयाँ रहेको यसको मूल्य आज १ सय ४० रुपैयाँ कायम भएको छ।

सामान्य हरियो खुर्सानीको मूल्यमा ६.६७ प्रतिशतले वृद्धि भई प्रतिकिलो १ सय २० रुपैयाँ पुगेको छ ।

यस्तै अकबरे खुर्सानीको मूल्य ५ प्रतिशतले बढेर ५ सय २५ रुपैयाँ पुगेको छ। हिजो बिहीबार अकबरे खुर्सानी प्रतिकिलो ५ सय रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?