१९ फागुन, काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
आज बिहान टिपरको ठक्करबाट कोइराला थरका एक पुरुषको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए ।
उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भट्टराईले बताए ।
प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी नम्बरको स्कुटरमा सवार कोइरालालाई बिजुलीबजारतर्फबाट तिनकुनेतर्फ जाँदै गरेको बा. २ क ३२२९ नम्बरको टिपरले सिभिल अस्पताल अगाडि आज बिहान ८:४५ बजे ठक्कर दिएको थियो । फोहोर बोक्ने सो टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो ।
उनलाई बिहान ८:५५ बजे चिकित्सकले मृत घोषणा गरेको एसपी भट्टराईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4