News Summary
Generated by OK AI. Editorially reviewed.- अर्घाखाँचीको सन्धिखर्क–९ टारीमा टिपरको ठक्करबाट ३२ वर्षीय उमेश खत्रीको मृत्यु भएको छ।
- जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख नायव उपरीक्षक दिवश जिसीका अनुसार टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
१६ माघ, अर्घाखाँची । सालझण्डी, सन्धिखर्क– ढोरपाटन सडकखण्डमा पर्ने अर्घाखाँचीको सन्धिखर्क– ९ टारीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्घाखाँचीको मालारानी– ५ का ३२ वर्षीय उमेश खत्री छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक दिवश जिसीका अनुसार हंसपुरबाट टारीतर्फ आउँदै गर्दा लु. १क ५१३३ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
पैदल यात्रा गरिरहेका खत्रीलाई शुक्रबार साँझ टिपरले ठक्कर दिएको होे । घटनापछि टिप्पर र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको डीएसपी जिसीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4