+
+
Shares

नयाँबानेश्वरमा टिपरको ठक्करबाट मृत्यु हुने व्यक्ति सरकारी कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १०:१८

१९ फागुन, काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट मृत्यु हुने व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मृतक सुनसरीको इनरुवा नगरपालिका– ५ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ४८ वर्षका बद्रि कोइराला हुन् । उनी नायब सुब्बा पदका कर्मचारी भएको खुलेको एसपी भट्टराईले जानकारी दिए ।

प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी नम्बरको स्कुटरमा सवार कोइरालालाई आज बिहान ८:४५ बजे बा. २ क ३२२९ नम्बरको टिपरले सिभिल अस्पताल अगाडि ठक्कर दिएको थियो ।

फोहोर बोक्ने टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो । उनलाई बिहान ८:५५ बजे चिकित्सकले मृत घोषणा गरेको एसपी भट्टराईले जानकारी दिए ।

टिपर चालक गोर्खाको भूमिचोक स्थायी घर भई हाल काठमाडौंको पेप्सीकोला बस्ने २६ वर्षका विकाश थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?