+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

घिरौँला, बरेला र लौकाको भाउ बढ्यो, किलोको कति ?

हिजो आइतबार किलोको १ सय २५ रुपैयाँमा किनबेच भएको घिरौँला आज सोमबार १ सय ४० मा किनबेच भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते ११:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार घिरौँला, बरेला र लौकाको भाउ क्रमशः १५, ५ र ६ रुपैयाँले बढेको तथ्यांक सार्वजनिक गरेको छ।
  • घिरौँलाको भाउ आइतबार प्रतिकिलो १ सय २५ रुपैयाँबाट सोमबार १ सय ४० रुपैयाँ पुगेको छ।
  • बरेलाको भाउ ७५ रुपैयाँबाट ८० रुपैयाँ र लौकाको भाउ ७१ रुपैयाँबाट ७७ रुपैयाँमा वृद्धि भएको छ।

१५ मंसिर, काठमाडौं । स्थानीय बजारमा घिरौँला, बरेला र लौकाको भाउ बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार यी तरकारीको भाउ बढेको देखिएको हो ।

आज आइतबार घिरौँलाको भाउ प्रतिकिलो थोकमा औसत १५ रुपैयाँ बढेको छ । हिजो आइतबार किलोको १ सय २५ रुपैयाँमा किनबेच भएको घिरौँला आज सोमबार १ सय ४० मा किनबेच भइरहेको छ ।

यस्तै आज बरेलाको भाउ पनि किलोको ५ बढेर ८० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो आइतबार ७५ रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी हिजो आइतबार लौका प्रतिकिलो ७१ रुपैयाँमा किनबेच भएको थियो । आज भने किलोको ७७ रुपैयाँ कायम छ । हिजो आइतबारको तुलनामा आज सोमबार लौकाको भाउ किलोमा ६ रुपैयाँ बढेको तथ्यांकमा देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?