+
+
Shares

गोलभेँडा भाउ होलसलमै किलोको १२०

कालीमाटी बजारमा आज भारतीय ठूलो गोलभेँडाको भाउ प्रतिकिलो थोकमा औसत २० रुपैयाँ बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १२:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार शुक्रबार गोलभेँडाको भाउ बढेको छ।
  • भारतीय ठूलो गोलभेँडाको भाउ बिहीबार प्रतिकिलो ९५ रुपैयाँबाट शुक्रबार १ सय १५ रुपैयाँ पुगेको छ।
  • लोकल गोलभेँडाको भाउ बिहीबार प्रतिकिलो ८१ रुपैयाँबाट शुक्रबार ८५ रुपैयाँ कायम छ।

५ मंसिर, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार गोलभेँडाको भाउ बढेको देखाएको हो ।

कालीमाटी बजारमा आज भारतीय ठूलो गोलभेँडाको भाउ प्रतिकिलो थोकमा औसत २० रुपैयाँ बढेको छ ।

हिजो बिहीबार प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भएको भारतीय ठूलो गोलभेँडा आज १ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै बिहीबार प्रतिकिलो ८१  रुपैयाँमा किनबेच भएको लोकल गोलभेँडाको भाउ आज प्रतिकिलो ८५ रुपैयाँ कायम छ ।

टनेलको सानो गोलभेँडा भने आज किलोको १२० रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?