News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार भुइँकटहरको भाउ प्रतिगोटा ८ रुपैयाँले बढेर १६५ रुपैयाँ कायम गरेको छ।
- भुइँकटहर मुख्यतः तराई भेगमा उत्पादन हुन्छ र उत्पादन कम हुँदा धेरै परिमाणमा भारतबाट आयात हुने व्यवसायीहरूले बताएका छन्।
- खुद्रा पसलमा भुइँकटहर प्रतिगोटा २०० देखि २२० रुपैयाँसम्म बिक्री हुने र फलफूल तथा जुस पसलमा भुइँकटहरको जुस पनि उपलब्ध हुने व्यवसायीहरूले खुलाएका छन्।
१२ मंसिर, काठमाडौं । स्थानीय बजारमा भुइँकटहरको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि निर्धारण गरेको मूल्यसूचीले भुइँकटहरको भाउ बढेको देखाएको हो ।
आज शुक्रबार भुइँकटहरको भाउ प्रतिगोटा ८ रुपैयाँ बढेको छ । हिजो बिहीबार भुइँकटहर प्रतिगोटा १ सय ५७ रुपैयाँमा किनबेच भएको थियो । आज भने १ सय ६५ रुपैयाँ कायम छ ।
भुइँकटहर बजारमा बाह्रै महिना उपलब्ध हुने व्यवसायी बताउँछन् । भुइँकटहर नेपालको तराई भेगमा उत्पादन हुन्छ । त्यहाँको उत्पादन कम हुने हुँदा धेरै परिमाणमा भारतबाट आयात हुने गरेको कालीमाटीका व्यवसायी बताउँछन् ।
भुइँकटहर खुद्रा व्यवसायीले काटेर पनि बिक्री गर्ने गरेका छन् । खुद्रा पसलमा भुइँकटहर प्रतिगोटा २ सयदेखि २ सय २० रुपैयाँसम्म बेच्ने गरेको पाइन्छ । फलफूल तथा जुस पसलमा भुइँकटहरको जुस मात्रै पनि किन्न पाइन्छ ।
प्रतिक्रिया 4