+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
14/0 (1.5)
Shares

जेनजी आन्दोलनमा १२२ सीसी क्यामेरा तोडफोड, २९ वटा सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते ११:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनका क्रममा विराटनगरमा १२२ वटा सीसी क्यामेरा तोडफोड भएको छ।
  • मोरङ प्रहरी प्रमुख कवित कट्वालले २४ लाख ५० हजार रुपैयाँ बराबरको सामग्री सहयोग प्राप्त भएको जानकारी दिनुभयो।
  • प्लाजा सेल्सले २९ वटा क्यामेरा र अन्य उपकरणहरू प्रदान गरी सीसी क्यामेरा मर्मत र जडानमा प्राविधिक सहयोग गर्नेछ।

१२ मंसिर, विराटनगर । जेनजी आन्दोलनका क्रममा अराजक समूहले विराटनगर महानगरमा जडान गरिएका १२२ वटा सीसी क्यामेरा तोडफोड गरेको पाइएको छ ।

विराटनगर महानगरदेखि बुढीगंगासम्म प्रहरीले १५६ वटा सीसी क्यामेरा मार्फत निगरानी गरिरहेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड भएको हो ।

तोडफोडबाट क्षति पुगेको सीसी क्यामेरा जडानका लागि व्यवसायीले  जिल्ला प्रहरी कार्यालय मोरङलाई २४ लाख ५० हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेको छ ।

विराटनगर भित्रका सिसी क्यामारा जडान र सर्भर मर्मतका लागि उपकरण प्राप्त भएको मोरङ प्रहरी प्रमुख कवित कट्वालले जानकारी दिए ।

उनका अनुसार सीसी क्यामेरा जडानका लागि मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, नेपाल वाणिज्य महासंघ कोशी प्रदेशलगाय व्यावसायिक संघ सस्थाहरूबाट साढे १० लाख बराबरको सहयोग रहेको छ । प्लाजा सेल्सले १४ लाख बराबरको अत्याधुनिक सिसिटिभीका उपकरणहरू प्रदान गरेको थियो ।

‘आन्दोलनका क्रममा तोडफाड भएकामध्ये केही हामीले मर्मत गरेका थियौं, केही स्थानमा नयाँ जडान गर्नुपर्ने अवस्था थियो,’ प्रहरी उपरीक्षक कट्वालले भने, ‘हामीलाई प्राप्त भएको २९ वटा जडान भएपछि  निगरानीका लागि धेरै सहज हुन्छ ।’

सीसीटीभीको मर्मतका लागि सो संस्थाले क्यामारा २९ थान, प्याच कर्ड ५४ थान, पावर एडप्टर २७ थान, मिडिया कभर्टर १२ जोडी, फाइबर केवल २४५ मिटर लगायतका उपकरण प्रदान गरेको हो । प्लाजा सेल्स विराटनगरले सीसी क्यामेरा जडान र सर्भर मर्मतका लागि प्राविधिक सहयोग गर्नेछ ।

जेन्जी आन्दोलनपछि असुरक्षित महसुस हुँदै आएको विराटनगर बजारमा आम नागरिकहरूले सुरक्षाको महसुस गर्न पाउनेछन्,’ उनले भने, ‘अति आवश्यक ठाउँमा क्यामेरा जडान गरी निगरानी गर्छाैं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?